कीवर्डहरू -

सुधिर पराजुलीको अध्यक्षतामा आईस्पानमा नयाँ कार्यसमिति चयन

सुधिर पराजुलीको अध्यक्षतामा आईस्पानमा नयाँ कार्यसमिति चयन

इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) मा सुधिर पराजुलीको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ । सबिसु केबल नेटका अध्यक्ष सुधिर पराजुली आस्पानको अध्यक्षमा सर्बसम्मत चयन भएका हुन् ।

त्यस्तै आइस्पानको नयाँ कार्यसमितिको उपाध्यक्षमा  क्लासिक टेकका प्रेमेश खरेल चयन भएका छन् । आइस्पानको महासचिवमा नविन कुमार श्रेष्ठ तथा सचिवमा कमल प्रसाद बास्तोला चयन भएका छन् ।

त्यसैगरी आईस्पानको कोषाध्यक्षमा पुस्कर सिंह बडाल चयन भएका छन् भने बरिष्ठ सल्लाहकारमा विजय जलान, विनय बोहरा र विनय मोहन साउद चयन भएका छन् । त्यस्तै संस्थाको सदस्यमा विनोद तिमल्सिना र सुरेन क्षेत्री चयन भएका छन् ।