कीवर्डहरू -

सस्तोडिलको सञ्चालक समितिमा फ्लिपकार्टका पूर्व उपाध्यक्ष सौरभ चन्द्र नियुक्त

सस्तोडिलको सञ्चालक समितिमा फ्लिपकार्टका पूर्व उपाध्यक्ष सौरभ चन्द्र नियुक्त

सस्तोडिलको सञ्चालक समितिमा फ्लिपकार्टका पूर्व उपाध्यक्ष सौरभ चन्द्र नियुक्त भएका छन् । सौरभ चन्द्र अमेजन इन्डियाको पूर्व चिफ टेक्नोलोजी अफिसर समेत हुन् ।

अमेजन इन्डियामा चिफ टेक्नोलोजी अफिसरको रुपमा आवद्ध हुनुभन्दा अगाडि सौरभले फ्लिपकार्टको प्रविधि प्रमुखको रुपमा मात्र नभई फ्लिपकार्टमा उपाध्यक्षको साथै मिन्त्राको प्रमुख सुचना अधिकृतको रुपमा समेत भूमिका निर्वाह गरेका थिए l

दुरदर्शी तथा इकमर्स प्रविधि विज्ञ सस्तोडिलमा आवद्ध हुनु भनेको सस्तोडिल प्रालिको लागि मात्र नभई समग्र नेपालको लागि महत्वपूर्ण उपलब्धि भएको सस्तोडिलका प्रमुख कार्यकारी अधिकृत अमुन थापाले बताए ।

‘हाल वार्षिक ३०० प्रतिशत व्यवसायिक वृद्धिदर भैरहेको अवस्थामा हामीले सोचेभन्दा फरक तथा थप चुनौती प्रविधि क्षेत्रमा थपिँदै गएको अवस्था छ’, उनले भने,  ‘यो अवस्थामा सौरभ चन्द्र हामीसँग हुनु भनेको सस्तोडिल संचालक समितिको लागि मात्र नभई ईकमर्स क्षेत्रमा देशकै लागि ठुलो विश्वास तथा भरोसा हुनेछ l’

‘इकमर्स कम्पनिहरुको भिडमा धेरै थोरै जेनिउन कम्पनीहरु छन् जसले ग्राहकको वास्तविक तथा महत्वपुर्ण समस्या समाधानको निमित्त गहिराइमा पुगी ग्राहक सेवा गर्ने जमर्को गर्छन, जसमध्ये सस्तोडिल पनि हो’ सौरभ चन्द्रले भने l

यो समय उपभोक्तावादको समय हो, सस्तोडिल टिम र संचालक समितिको विचार तथा कदमले नेपाली ग्राहकको सेवा तथा सन्तुष्टिलाई थप मजबुत बनाउन गुणस्तरीय सामान उपलब्ध गराउँदै ग्राहक सेवालाई केन्द्रविन्दुमा राखी अघि बढ्ने योजना रहेको उनले बताए ।