कीवर्डहरू -

स्लोभाकियामा उड्ने कारको सफल परीक्षण (भिडियोसहित)

स्लोभाकियामा उड्ने कारको सफल परीक्षण (भिडियोसहित)

फोटोः क्लेनभिजन


स्लोभाकियामा उड्ने कार अर्थात एयर कारको सफल परीक्षण भएको छ । स्लोभाकियाको क्लेनभिजन नामक कम्पनीले उड्ने कारको प्रोटोटाइप निर्माण गरेको हो ।

क्लेनभिजनले सार्वजनिक गरेको भिडियोमा सडकमा चल्ने कार केही मिनेटमै आकाशमा उड्न थालेको देखाइएको छ ।

परीक्षणको क्रममा उड्ने कार हावामा १५ सय फिट माथि सफलतापूर्वक उडेको थियो । यो कारलाई सेल्फ ड्राइभ यात्रा गर्न वा एयर ट्याक्सीको रुपमा प्रयोग गर्न सकिने छ ।

एयरकारमा एक पटकमा ६२० किलोमिटर सम्म यात्रा गर्न सक्ने कम्पनीले जनाएको छ । कारमा बीएमडब्ल्यु १.६ लिटर इन्जिन प्रयोग गरिएको छ, जसले १४० बीएचपीको पावर जेनेरेट गर्दछ ।
यस कारको अधिकतम गति २ सय किलोमिटर प्रतिघण्टा रहेको छ भने कारलाई टेकअफ गर्नका लागि कमसेकम ९८४ फिटको रनवे आवश्यकता पर्छ ।

यो कार सामान्य ड्राइभरले पनि उडाउन सक्ने र यसका लागि कुनै स्पेसल पाइलटको आवश्यकता नपर्ने कम्पनीले जनाएको छ ।

हेर्नुहोस् भिडियो