कीवर्डहरू -

माइक्रोम्याक्सले सार्वजनिक गर्‍यो दुई नयाँ स्मार्टफोन, यस्ता छन् विशेषता

माइक्रोम्याक्सले सार्वजनिक गर्‍यो दुई नयाँ स्मार्टफोन, यस्ता छन् विशेषता

भारतीय स्मार्टफोन निर्माता कम्पनी माइक्रोम्याक्सले इन इन सिरिज अन्तरगत दुई नयाँ फोन सार्वजनिक गरेको छ ।

कम्पनीले इन सिरिजमा माइक्रोम्याक्स इन नोट १ र माइक्रोम्याक्स इन १ बी नामक दुईवटा स्मार्टफोनहरू सार्वजनिक गरेको हो ।

कम्पनीले पछिल्लो दिनमा भारतमा देखिएको राष्ट्रियतालाई बजारमा ‘क्यास’ गर्ने उदेश्यले नयाँ फोनहरु ल्याएको हो ।

माइक्रोम्याक्स इन नोट १

माइक्रोम्याक्स इन नोट १ मा ६.६७ इन्चको आईपीडी एलसीडी डिस्प्ले रहेको छ । यसमा मिडियाटेक हेलियो जी ८५ प्रोसेसर प्रयोग गरिएको छ । भने एन्ड्रोइड १० अपरेटिंग सिस्टममा आधारित रहेको छ ।

कम्पनीले आगामी दुई बर्षसम्म एन्ड्रोइड ११ र एन्ड्रोइड १२ अपडेट दिने जनाएको छ । यसमा एआई क्वाड क्यामरा सेटअप रहेको छ, जसमा ४८ मेगापिक्सलको प्राइमरी क्यामेरा सेन्सर उपलब्ध रहेको छ ।

यस बाहेक ५ मेगापिक्सलको अल्ट्रा वाइड, २ मेगापिक्सेल म्याक्रो र २ मेगापिक्सेल डेप्थ सेन्सर पनि राखिएको छ ।  फोनमा ४ जीबी र्‍याम रहेको छ भने ६४ जीबी र १२८ जीबी इन्टरनल स्टोरेज रहेको छ ।

सेल्फीका लागि फोनमा १६ मेगापिक्सलको फ्रन्ट क्यामेरा उपलब्ध छ । फोनमा ५००० एमएएचको शक्तिशाली ब्याट्री राखिएको छ, जसले १८ वाटको फास्ट चार्जिंग सपोर्टको गर्दछ ।

४ जीबी र्याम र ६४ जीबी रोम रहेको फोनको मूल्य भारतमा १० हजार ९९९ भारु तोकिएको छ भने ४ जीबी र्याम र १२८ जीबी रोम रहेको फोनको मूल्य १२ हजार ४९९ भारु तोकिएको छ ।

माइक्रोम्याक्स इन १ बी

माइक्रोम्याक्स इन १ बीमा ६.५ इन्चको एचडी डिस्प्ले राखिएको छ भने मिडियाटेकको हेलियो जी ३५ प्रोसेसर प्रयोग गरिएको छ ।

फोनमा ड्यूल क्यामरा सेटअप रहेको छ जसमा १३ मेगापिक्सेल प्लस २ मेगापिक्सेलको मेन क्यामेरा राखिएको छ ।  सेल्फीका लागि ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेको छ ।

माइक्रोम्याक्स इन १ बी २ जीबी र्याम र ३२ जीबी स्टोरेज तथा ४ जीबी र्याम र ६४ जीबी स्टोरेजका साथमा उपलब्ध रहेको छ ।

फोनमा ५००० एमएएचको शक्तिशाली ब्याट्री राखिएको छ, जसले १० वाटको फास्ट चार्जिंग सपोर्ट गर्दछ । २ जीबी र्याम र ३२ जीबी स्टोरेज भएको फोनको मूल्य ६ हजार ९९९ भारु तोकिएको छ । भने ४ जीबी र्याम र ६४ जीबी स्टोरेज फोनको ७ हजार ९९९ भारु तोकिएको छ ।