कीवर्डहरू -

विश्वकै धनी व्यक्ति जेफ बेजोसले बिक्री गरे ३ बिलियन डलर भन्दा बढिको अमेजन स्टक

विश्वकै धनी व्यक्ति जेफ बेजोसले बिक्री गरे ३ बिलियन डलर भन्दा बढिको अमेजन स्टक

अमेजनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेफ बेजोसले ३ बिलियन अमेरिकी डलर भन्दा बढिको अमेजनको स्टकलाई बेचिदिएका छन् । अहिले सम्म २०२० मै उनले करिब १० बिलियन अमेरिकी डलरको अमेजनको सेयर बेचिसकेका छन् ।

गत साल बेजोसले २.८ बिलियन अमेरिकी डलरको सेयर मात्रै बेचेका थिए । फोर्ब्सका अनुसार बेजोसले अब ईकमर्स र क्लाउड कम्प्युटिङ क्लोसस अमेजनमा १०.६ प्रतिशतको हिस्सेदारी रहेको छ ।

विश्वकै धनी व्यक्ति भएर उनले यो तेस्रो पटक अमेजनको बिलियन डलर बराबरको स्टक बेचेका हुन् । उनले अस्गस्टमा ३.१ बिलियन अमेरिकी डलर र फेब्रुअरीमा ४ बिलियन अमेरिकी डलर बराबरको स्टक बेचेका थिए ।

बेजोस अहिले पनि विश्वकै सर्वोत्कृष्ट धनी व्यक्ति बन्न सक्षम रहेका छन् । उनको कुल सम्पति १८९.६ बिलियन अमेरिकी डलर रहेको छ । एजेन्सीको सहयोगमा