कीवर्डहरू -

एलजीले सार्वजनिक गर्‍यो मास्क जसरी लगाउन मिल्ने ब्याट्रीबाट सञ्चालित एयर प्यूरीफायर 

एलजीले सार्वजनिक गर्‍यो मास्क जसरी लगाउन मिल्ने ब्याट्रीबाट सञ्चालित एयर प्यूरीफायर 

एलजीले मास्क जसरी लगाउने खालको ब्याट्रीले चल्ने एयर प्यूरीफायर सार्वजनिक गरेको छ । यसले करिब ९९.९५ प्रतिशत भाइरस, ब्याकटेरिया र साधारण एलर्जीनबाट बचाउने गर्दछ ।

एलजीले यो कुरा भर्चुअल आईएफए २०२० को कार्यक्रममा बताएको थियो । यसमा दुई ओटा एच १३ हेपा फिल्टर हुने गर्दछन् । यो पहिरिन योग्य डिभाइसमा स्वासप्रणाली सेन्सर पनि हुने गर्दछ ।

यसमा रहेको दुई ओटा फ्यानले फिल्टर गरिएको हावा दिने गर्दछन । फ्यानको स्पीड प्रयोगकर्ताको स्वास लिने गतिले निर्धारण हुने गर्दछ । यसको लागी ८२० एमएएचको ब्याट्री चाहिने गर्दछ ।

यो लो पावर मोडमा ८ घण्टा टिक्ने गर्दछ र हाई पावर मोडमा २ घण्टा टिक्ने गर्दछ । फूल चार्ज गर्नका लागी यो डिभाइसले २ घण्टाको समय लिने गर्दछ ।

यो मास्कको विभिन्न पार्टहरुलाई हटाउन, सफा गर्न र नयाँ फेर्न पनि मिल्छ । यसलाई एलजीथीनक्यू एप सँग जोडिने भएकाले प्रयोगकर्ताले कहिले सेन्सर परिवर्तन गर्ने बारे जानकारी पाउन सक्दछन् ।

यो प्यूरीफायरको बट्टाले पनि यूभी सी एलईडी लाईटको प्रयोग गरेर ९९.९९ प्रतिशत हानीकारक किटाणु ३० मिनेटमा नै हटाउने गर्दछ ।

यसले प्रयोगकर्ताले सास फेरेको भागलाई पनि हटाउने गर्दछ । यो एसिया र मध्य पूर्वीमा रोलिङ आउट हुन थाल्नेछ । एजेन्सीको सहयोगमा