एप्पलले नोभेम्बर १० मा ‘वान मोर थिङ्ग’ इभेन्ट आयोजना गरेको छ । यो कार्यक्रममा पहिलो चोटि एप्पलले आफूले कस्टम गरेको आर्म सीपीयू भएको ल्यापटप लञ्च गर्ने बताइएको छ ।
यो एप्पलका लागी इतिहास मै नयाँ कुरा ठहरिने छ । ब्लुमवर्गको रिपोर्ट अनुसार एप्पलले अर्को हप्ता तीन ओटा नयाँ ल्यापटप लञ्च गर्ने छ । यस मध्य एउटा भने १३ इन्चको म्याकबुक एयर र १३ तथा १६ इन्चको म्याकबुक प्रो रहेका छन् ।
एप्पलले आफ्नो सबै लाइनअपलाई कस्टम चीपसेटले सपोर्ट गर्नमा कम्तीमा पनि दुई वर्ष लाग्ने बताएको छ । सेपटेम्बरमा एप्पलले सेपटेम्बरमा एप्पलको घडी र आईप्याडका लागी इभेन्ट गरेको थियो ।