कीवर्डहरू -

कमकास्ट र वालमार्टले सँगै स्मार्ट टीभी बनाउन सक्ने

कमकास्ट र वालमार्टले सँगै स्मार्ट टीभी बनाउन सक्ने

कमकास्ट र वालमार्टले सँगै स्मार्टटीभी बनाउन सक्ने भएका छन् । अहिले दुवै कम्पनी सन्धिको चरणमा रहेका  छन् । डिल सफल भयो भने वालमार्टले कमकास्टको सफ्टवेयर प्रयोग भएको स्मार्ट टीभी बेच्नेछ ।

यो फ्लेक्स सेट अप बक्स जस्तै हुनेछ । टीभीको निर्माण भने कुनै तेस्रो पक्षीय कम्पनीले गर्नुपर्ने छ । वालमार्टका प्रवक्ताका अनुसार वालमार्ट सदैब नवपरिवर्तन र नवीनतालाई आफ्नो ग्राहक सामु पुर्‍याउनका लागी तत्पर हुने गर्दछ ।

कमकास्ट पनि यो पक्ष अन्वेषण गर्नमा उत्सुक देखिएको छ । यो कम्पनीले आफ्नो स्मार्ट टीभीलाई विश्वस्तरीय बनाउने लक्ष्य राखेको छ ।

यो सन्धि सम्भव भएमा कमकास्ट पनि अमेजन, एप्पल जस्तो कम्पनीहरुको प्रतिस्पर्धामा उत्रिनेछ । यसले सब्सक्राइबर बेस बढाउनमा पनि मद्दत पुर्‍याउन सक्दछ । एजेन्सीको सहयोगमा