कीवर्डहरू -

मेसेन्जरमा यसरी परिवर्तन गर्नुहोस् च्याटको थिम 

मेसेन्जरमा यसरी परिवर्तन गर्नुहोस् च्याटको थिम 

मेसेन्जरले हालैमा केही नयाँ अपडेटहरु ल्याएको छ । त्यही अपडेटमा एउटा मेसेन्जरले च्याटमा थिम हाल्न मिल्ने फिचर ल्याएको छ जसले च्याटको ब्याकग्राउण्ड र ईमोजी परिवर्तन गर्न सकिन्छ ।

थिम परिवर्तन गर्दा हरेक च्याटलाई छुट्टाछुट्टै गर्नुपर्ने हुन्छ । धेरैजसो दैनिक च्याट गर्नेहरुसँग थिम परिवर्तन गर्ने गरिन्छ । यस्तो गर्दा च्याट अझै आकर्षक देखिन्छ ।

यो विकल्प पाउनका लागी भने कस्टोमाइज गर्न मनलागेको च्याटमा थिच्ने र माथिल्लो  दाँया भागमा रहेको आई जस्तो आइकन क्लिक गर्नुपर्छ । त्यहाँ विभिन्न विकल्पहरु हुन्छ जसमा थिम अप्सन पनि हुन्छ ।

थिम सेलेक्ट गर्दा ईमोजी पनि परिर्वतन हुने गर्दछ । तर ईमोजीलाई पनि कस्टोमाइज गर्न मिल्छ । थीम अप्सनको तल ईमोजीको अप्सन हुने गर्दछ र त्यसमा थिचेर परिवर्तन गर्न सकिन्छ ।

तर जानकारीका लागी थीम र ईमोजी परिवर्तन गर्दा च्याटको अर्को व्यक्तिलाई पनि नोटिफिकेसन जाने गर्दछ ।