कीवर्डहरू -

ह्वाट्सएपमा पठाइएका मेसेज अब ७ दिनपछि अटोमेटिक डिलिट हुने 

ह्वाट्सएपमा पठाइएका मेसेज अब ७ दिनपछि अटोमेटिक डिलिट हुने 

ह्वाट्सएपले डिसअपेयरिङ मेसेज फिचर सार्वजनिक गरेको छ । ह्वाट्सएप प्रयोगकर्ताले यो फिचरलाई इनेबल गरेमा कसैसँग गरेको च्याट सातदिन पछि अटोमेटिक डिलिट हुनेछ ।

कसैले पनि व्यक्तिगत रुपमा यो अप्सनलाई इनेबल गर्न सक्छन् । यो सुविधा ह्वाट्सएप ग्रुपमा समेत लागु हुनेछ । यो फिचरको सहयोगले फोटो तथा भिडियो पनि डिलिट गर्न सकिने छ ।

यो फिचर पर्ण रुपमा उपलब्ध भइसकेपछि प्रत्येक साथीको कन्ट्याक्ट सेक्सनमा यो फिचर उपलब्ध हुनेछ । यो सेटिङले पुराना मेसजहरु भने मेटाउदैन् । ह्वाट्सएपले यो फिचर प्रयोगकर्तालाई दिन सुरु गरिसकेको छ । सबैलाई उपलब्ध हुन भने केही समय लाग्नेछ ।