कीवर्डहरू -

स्पोटिफाईले अब एप्पलवाचबाट म्युजिक स्ट्रीम गर्न अनुमति दिने

स्पोटिफाईले अब एप्पलवाचबाट म्युजिक स्ट्रीम गर्न अनुमति दिने

स्पोटिफाईले अब एप्पलवाचबाट पनि गीत स्ट्रीम गर्न अनुमति दिने भएको छ । प्रयोगकर्ताको एप्पलवाच सेलुलर डेटा नेटवर्क वा वाई–फाईसँग जोडिएको भएमा आफ्नै हातबाट गीत र र पोडकास्टलाई स्ट्रीम गर्न सकिने छ ।

यो फिचरले गर्दा प्रयोगकर्ताहरु रन या व्यायाम गर्न निस्किदा आइफोन लानु पर्दैन् र ब्लूटूथ स्पीकरको प्रयोगले वाचबाटै गीत जहाँ पनि सुन्न सकिन्छ ।

जाँच गर्नका लागी सेप्टेम्बरमा स्पटीफाईले केही प्रयोगकर्ताहरुलाई फिचर प्रयोग गर्न दिएको थियो र अब भने यो विश्वव्यापी रुपमा उपलब्ध भएको छ ।

वाचमै अफलाइन गीतहरु डाउनलोड गर्न मिल्छ की मिल्दैन भन्नेबारे चैँ अझै पनि बताइएको छैन् । यो सर्भरमा आधारित मोडेल भएको कारणले अपडेट सबैकोमा देखिनका लागी केही समय भने लाग्न सक्छ ।