कीवर्डहरू -

भिभोको नयाँ स्मार्टफोन भी ट्वान्टी एसई नेपालमा, कति छ मूल्य ? 

भिभोको नयाँ स्मार्टफोन भी ट्वान्टी एसई नेपालमा, कति छ मूल्य ? 

स्मार्टफोन ब्राण्ड भिभोले नेपाली बजारमा भी २० सिरिज अन्तर्गतको नयाँ स्मार्टफोन भिभो भी २० एसई सार्वजनिक गरेको छ । यसमा उत्कृष्ट क्यामेरा, आर्कषक डिजाईन र सशक्त प्रदर्शनी रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार युवापुस्ता र फेशनलाई ध्यानमा राख्नेहरुलाई लक्षित गरि भिभो भी २० एसई निमार्ण गरिएको हो ।

भी २० एसईमा ३२ मेगापिक्सेल सूपर नाइट सेल्फी क्यामराको साथमा औरा स्क्रीन लाइट रहेको छ जसले गर्दा प्रयोगकर्ताहरुले राती वा अध्याँरोमा पनि स्पष्ट तस्बिरहरु लिन सक्नेछन् ।
यस स्मार्टफोनमा रहेको स्लीक म्याजिकल डिजाइनको साथमा ७.८३ एमएम थ्रीडी बडिले ग्राहकहरुको जीवनशैलीलाई थप बढवा गर्दछ । यसमा रहेको ३३ वाट फ्ल्याश चार्जिंग क्षमताले ग्राहकहरुलाई दिनभरि स्मार्टफोन सेवालिन सक्षम बनाउँछ ।

भिभो नेपालका निर्देशक भन्छन्, ‘भिभोमा हामी सधैँ ग्राहकहरुको आवश्यकताहरु लाई ध्यानमा राख्दै नयाँ तथा उपयोगी प्रविधिहरु ल्याउने कोशिष गर्छौ ।

ग्राहकहरुको आवश्यकता अनुरुप भी२० एसईमा उत्कृष्ट क्यामरा प्रविधि, बेजोड प्रदर्शनीको साथमा किफायती मूल्यमा उपलब्ध रहेको छ ।

सेल्फी प्रेमी र नयाँ फोटोग्राफी ट्रेन्डहरुलाई ध्यानमा राख्दैँ ग्राहकहरुलाई हाम्रो उत्कृष्ट उत्पादनहरु प्रस्तुतगर्ने निरन्तर प्रयासको एक सफल उदाहरण हो नयाँ भी २० एसई स्मार्टफोन।’

सुपर नाईट मोड र सूपर वाईड एंगलको साथमा उत्कृष्ट क्यामरा

३२ मेगापिक्सेल फ्रन्ट क्यामराः भिभो भी२० एसईमा रहेको ३२ मेगापिक्सेल सूपर नाइट सेल्फीले एकदमै थोरै प्रकाश भएको अध्याँरो स्थानमा पनि उत्कृष्ट तथा स्पष्ट विवरण रहेको तस्बिरहरु लिन सकिन्छ ।

सूपर नाइट सेल्फीः यस क्यामेरा मोडले रातको समयमा वा अँध्यारो अवस्थामा स्पष्टता दिलाउन उत्कृष्ट ईफेक्ट्स्हरु प्रदान गर्दछ ।

उक्त प्रविधिले अध्याँरो स्थानहरुलाई उज्यालो बनाउँछ र हाईलाईटहरुमा ओभर एक्सपोजर घटाउँछ जसले गर्दा थप चमक, स्पष्टता र सन्तुलित सेल्फीहरु लिन सकिन्छ । अध्याँरो वातावरणमा सौन्दर्यमा थप निखार ल्याउन फेस ब्यूटी ईफेक्ट्स्को पनिप्रयोग गर्न सकिन्छ ।

औरा स्क्रीन लाईटः भिभोको यस विशेष फिचरले रातको समयमा सेल्फी लिदाँ स्टुडियो स्तरिय लाइटिङ प्रदान गर्दछ र बाहिरी र भित्रि वातावरणमा स्वचालित रुपमा समायोजित हुन्छ । त्यसैले, चाहे जति नै अध्याँरोमा पनि तपाई सहजरुपमा सेल्फीलिन सक्नुहुन्छ ।

मल्टि स्टाईल पोट्रेटः यस विशेषताले पहिल्यै तयार गरिएका फेसियल ईन्हान्समेन्ट्स् र बोकेह ईफेक्ट्स्हरु र मिल्दो कलर टोन र मेकअपको साथ प्रयोगकर्ताहरुको शैली श्रृंगारमा मदत गर्दछ । मात्र एक ट््यापको भरमा सामान्य सेल्फीलाई बेजोड कभर सट बनाउन सकिन्छ ।

एआई फेस ब्यूटीः उक्त नयाँ अपडेटेड एआई फेस ब्यूटी फिचरले पाँच पक्षहरुमा काम गर्छ- स्किन कलर, टेक्सचर, कन्टोर, फेसियल फिचरर्स र मेकअप । पुरुष अनुहारहरुको लागी अनुरुप अनुकलनको साथ, यसले पुरुषहरुलाई थपमर्दना देखाउन सकिन्छ ।

प्रोफेसनल पोट्रेटः यस मोडले फेस ब्यूटी र पोज मास्टर बोकेह इफेक्ट्स् लगायत विविध कलात्मक शैलीको सहयोगले तपाईलाई आकर्षक व्यत्तित्वको सेलिब्रिटि झैँ देखिन मदत गर्दछ ।

४८ मेगापिक्सेल रियर क्यामराः भिभो भी२० एसईमा रहेको ४८ मेगापिक्सेल एआई ट्रिपल क्यामराले फोटोग्राफी प्रेमीहरुलाई आफ्नो शक्तिशाली फिचरहरुको सहायताबाट लोभ लाग्दो र स्पष्ट तस्बिरहरु लिन सक्षम बनाउँछ ।

दिन देखि रात, ल्याण्डस्केप देखि र्पोट्रेट् सबैमा निकै जिवन्त विवरणहरुका साथ कैद गर्न सकिन्छ। सूपर वाईड एंगल र सूपर म्याक्रो मोडको साथ क्षणहरुको तस्बिर वा भिडियो कैद गर्न थप रमाईलो र सहज हुन्छ ।

सूपर नाइट मोड: यस क्यामेरा मोडले रातको समयमा वा अध्याँरो वातावरणमा स्पष्टता दिलाउन उत्कृष्ट ईफेक्ट्स्हरु प्रदान गर्दछ ।

सूपर वाईड एंगलः उक्त ८ मेगापिक्सेल सूपर वाईड एंगल क्यामराले १२० डिग्री पानोरामीक भिन्टेज प्रदान गर्दछ, जसले प्रयोगकर्ताहरुलाई थप ठूलो, फराकिलो दृश्यको आनन्द लिन दिन्छ ।

सूपर म्याक्रो: आफुले खिच्नचाहेको विषयवस्तुको नजिक जानुहोस् — २.५से.मी. जति नजिक—र एक सम्पूर्ण लघु संसार खोलिएको हेर्नुहोस् । ओसका थोपाहरु, फूलहरुको पंखुडीहरु र लाखौं अन्य साना चमत्कारहरु अब तपाईको पहुँचभित्र छन् ।

सूपर अल्ट्रा स्टेबल भिडियो: यस फिचरले ईआईएस डिटेक्सनको मार्फत भिडियो क्रपगरि रेकर्ड गर्दाको हलचलले भएको ब्लरिङ–धमिलोपना कम गर्दछ।

भिडियो फेस ब्यूटीः यस फिचरमार्फत भिडियो रेकर्ड गर्दा ब्युटी ईफेक्ट्स् थप गर्न मिल्छ, जसले प्रयोगकर्ताहरुलाई सामाजिक सञ्जालहरुमा बेजोड भिडियो र तस्बिरहरु पोष्ट गर्न मदत गर्दछ ।

स्लिक म्याजिकल डिजाईन

भी २० एसईले पातलो र आधुनिक डिजाईन,चमकदार र सुरुचिपूर्णका साथ लक्जरीलाई परिभाषित गर्दछ भने हजारौं विकसित जीवनशैलीलाई एक साथ प्रभाब पार्दछ ।

यसको ७.८३ मिमि स्लिक डिजाईन र थ्रीडी बडीले गर्दा अन्य उपकरण भन्दा पृथकरुपमा देख्न सकिन्छ । यो उपकरण अत्यन्तै हलुका हुनाले हत्केलाले आरामसँग समात्न सकिने गरी डिजाईन गरीएको छ ।

यसको थ्रिडि बडी उच्च पोलिमर जस्ता सामाग्रीले निर्माण गरेको हुनाले आनन्ददायी, स्मुथ तथा प्रिमियम गुणस्तको आभास हुन्छ ।

व्यक्तिगत शैली तथा रुचिले गर्दा भिभो भी २० एसई दुई उत्कृष्ट कलर ग्रयाभिटी ब्लयाक र अक्सिजन ब्लुमा आएको छ ।

विश्वस्तरीय डिजाईनरहरुले प्रकृतिको अनुग्रहले ब्रमाण्डको गहीराईबाट प्रेरणा लिएका हुन् । यसमा उच्च फेसनको तत्वहरुलाई मिश्रित गरी एक सुव्यवस्थित आधुनिक प्रवितीलाई समाबेसीकरण गरीएको छ ।

ग्र्याभिटी ब्ल्याकः डार्क ग्रेडियन्टले गर्दा यसलाई उत्कृष्ट टेक्नोलोजीको आभास दिलाउछ । यो गहिरो ठाउँको शेडमा आधारीत छ , स्पेसटाईममा कन्टिन्युम सिर्जना गरी गुरुत्वाकर्षण मार्फत तपाईको हातमा ल्याउदछ ।

अक्सिजन ब्लुः स्फुर्तदायी हल्का निलो ग्रेडियन्ट आकाशमा विस्तारै बग्ने अक्सिजनबाट बनेको शुद्ध तरल हो । यसले विकिरणद्धारा ज्ञानवर्दक शान्तिलाई चमक तथा स्थिर बनाउदछ ।

भिभो भी २० मा रहेको ६.४४ इन्च ( १६.३७ सेमि) १०८० पिक्सेल एमोलेड , हलो फुल भ्यू डिस्प्ले जसले गर्दा जीवनको वास्तवीक रंग लेराउदछ । यसमा रहेको ९०.१२ प्रतिशत बडी र स्क्रिनको अनुपातले गर्दा गौरवान्वित गर्दछ ।

यसले समग्रमा १६ मिलियन भन्दा बढी अझ उत्कृष्ट चहकिलो स्पष्ट, विश्वसनीय र गतिशिल रङ्गहरु प्रदर्शन गर्न सक्छ, डिस्प्लेको चमक अटोरुपमा समायोजित गरीएको छ ।

यो तपाईको आँखाको लागि मृदु छ भने अधिकरुपमा सबै कुरा हेर्न सक्नुहुनेछ । यसमा डिस्प्ले फिङ्गरप्रिन्ट स्कानिङ जस्ता विशेषता पनि रहेको छ ।

अनलक गर्नको लागि भिभोको एड्भान्स टेक्नोलोजी अति सहज छ, डिस्प्लेमा थोरै स्पर्श गर्दा पनि सजिलै अनलक हुन्छ । सुन्दर एनिमेशनको दायरालाई फराकिलो बनाउन अन्वेषणको थप विकल्पहरु प्रदान गर्दछ ।

पफर्मेन्स

भिभो भी२० एसइ एक प्रिमियम फ्लागशिप उपकरण हो जुन आजको विकसित प्रयोगकर्ताहरुको लागि सौन्दर्य र डिजाईन पक्षहरुको साथसाथै शक्तिशालि प्रदर्शनलाई ध्यानमा राखेर निर्माण गरीएको छ । परिवर्तीत वातावरणलाई ध्यानमा राखेर यसमा केहि सुविधाहरु होसीयारीका साथ प्रयोगमा ल्याईएको छ

प्रोसेसर र स्टोरेज- भी२० एसई क्वालकाम स्न्यापड्रागन टिएम ६६५ प्रोसेसरद्धारा संचालित हो , यसमा रहेको ८ जिबी र्याम र १२८ जीबी रोमले गर्दा एप्लिकेशन र गेमहरु उत्कृष्टरुपमा प्रदर्शन गर्दछ ।

व्याट्रिः भी२० एसई, ४१०० एमएच व्याट्रिद्धारा ३३ वा फ्ल्यासचार्जको साथ समर्पित छ । कडा व्याट्रि र फ्ल्यासचार्ज समर्थनको साथ प्रयोगकर्ताहरुले अधिक सुविधाजनक मोवाईलको अनुभव लिन सक्दछन् ।

आफैलाई विभिन्न परिदृष्यहरुमा रेकर्ड गर्न सक्दछन् भिभोको उन्नत ३३ वाट फ्ल्यासचार्ज टेक्नोलोजी अहिले ५० प्रतिशतले छिटो छ भने आठ सुरक्षाको साथ आउदैछ । मात्र ३० मिनेटमा ६२ प्रतिशत रिचार्ज हुने तथा एक घण्टा भन्दा कम समयमा फुल चार्जको मज्जा लिनसकिने ।

मल्टि टर्बाेः यसमा मल्टी टर्बाे सुविधा टर्वाे टेक्नोलोजीको साथ अप्टिमाइज गरीएको छ, जसले भि२० एसइको समग्र प्रदर्शन बढाउँदछ । भिभो बहु टर्बो सफ्टवेयर र हार्डवेयर अप्टिमेट गर्न प्रणाली स्तरमा काम गर्दछ ।

विस्तारीत गती, दक्षता र रणनिती प्रदान गर्दै यसमा एआई टर्बाे, नेट टर्बाे , खेल टर्बो, कुलिङ टर्बो, सेन्टर टर्बो र एआरटी प्लस प्लस टर्बो समाबेश गरीएको छ ।

मेमोरी रिकलरः यो अनुपम सुविधाले प्रयोगकर्ताहरुलाई उनीहरुको पुरानो सम्झनाहरु पुन प्राप्त गर्न सहज बनाउदछ । यसमा उल्लेखनीय सुविधाले तुरुन्त धमिलो पुरानो फोटोहरुमा स्पष्टता पुनस्थापित गर्दछ र स्मार्ट कलरिङ उपकरणको सहायताले कायाकल्प गराउदछ ।

उपलब्धता विवरण

भिभो भी २० नेपाली बजारमा ३९ हजार ९९९ रुपैयाँमा उपलब्ध रहेको छ ।