कीवर्डहरू -

आईओएस १४.२ मा थपिए १०० नयाँ इमोजी

आईओएस १४.२ मा  थपिए १०० नयाँ इमोजी

आईओएस १४.२ को नयाँ अपडेटले आइफोन प्रयोगकर्ताहरुलाई १०० ओटा नयाँ इमोजी दिएको छ । यसलाई पाउनका लागी प्रयोगकर्ताहरुले आफ्नो आइफोनमा भएको आईओएसलाई अपडेट गर्नुपर्ने हुन्छ ।

यो अपडेटमा होमपोडलाई एप्पल टीभी फोरके सगँ जोड्न सकिने सुविधा दिइएको छ । भने एयरपोडहरु पनि कम समयमा नै चार्ज गर्न सकिन्छ ।

यो अपडेटमा सबैभन्दा आकर्षक अपडेट भने इमोजी रहेको छ । नयाँ अपडेटमा कालो बिरालो , ब्लू बेरी, सील, डोडो, जस्ता ईमोजीहरु थपिएका छन् । दृश्य परिवर्तनमा हेर्दा एप्पलले आठ ओटा नयाँ वालपेपरहरु थपेको छ जुन भने दुवै डार्क र लाइट मोडमा प्रयोग गर्न मिल्छ ।

एप्पलले प्रयोगकर्तालाई कुन सीमा सम्मको भोलुममा गीत या अडियो सुन्न मिल्ने भनेर पनि चेतावनी दिने गर्दछ । यो अपडेट गर्नका लागी प्रयोगकर्ताले सुरुमा सेटिङ्गमा जानुपर्छ र त्यसपछि जनरलमा गएर आफ्नो फोनमा रहेको सफ्टवेयर अपडेटमा थिच्नुपर्छ ।