कीवर्डहरू -

मोटोरोलाले घोषणा गर्‍यो ६ हजार एमएएच ब्याट्री भएको मोटो जी नाइन पावर स्मार्टफोन

मोटोरोलाले घोषणा गर्‍यो ६ हजार एमएएच ब्याट्री भएको मोटो जी नाइन पावर स्मार्टफोन

मोटोरोलाले मोटो जी ९ पावर स्मार्टफोनको घोषणा गरेको छ । बजेट फोन मोटो जी नाइन पावरमा ६००० एमएएचको ब्याट्री हुनेछ ।

एक पटक चार्ज गरेपछि फोन ६० घण्टा सम्म चल्ने मोटोरोलालले दाबी गरेको छ । मोटो जी ९ पावरको करिब २३५ अमेरिकी डलर पर्नेछ । यो कहिले बजारमा आउँछ भनेर चाँही अहिले पनि निश्चित भएको छैन् ।

यो फोन एसिया, लेटिन अमेरिका र मध्य पूर्वीमा पहिले पाउन सकिने छ । यसमा ६४ मेगापिक्सेलको तीन ओटा रीयर क्यामेरा छन् भने १६ मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेका छ ।

यसमा ६.८ इन्चको एचडी एलसीडी स्क्रीन रहेको छ ।  फोनमा १२८ जीबी इन्टरनल स्टोरेज रहेको छ । यसमा ४ जीबी र्‍याम रहेको छ । यसमा स्नयापड्रागन ६६२ चीपसेट प्रयोग गरिएको छ ।

फोनको पछाडी भागमा फिङ्गरप्रिन्ट सेन्सर रहेको छ । यसको डिजाइनले गर्दा फोनलाई पानीबाट पनि जोगाउन सकिन्छ । यसले २० वाटको फास्ट चार्जिङ सपोर्ट गर्ने गर्दछ ।