कीवर्डहरू -

सामसङको एक्सीनोस चिपसेट साओमी तथा ओप्पोले पनि प्रयोग गर्ने

सामसङको एक्सीनोस चिपसेट साओमी तथा ओप्पोले पनि प्रयोग गर्ने

मोटोरोलासँगै धेरै स्मार्टफोन ब्राण्डहरुले आफ्नो आगामी फोनहरुमा सामसङको एक्सीनोस चीपसेट प्रयोग गर्ने भएका छन् ।

बिजनेस कोरियाको रिपोर्ट अनुसार सामसङले २०२१ मा साओमी, ओप्पो र भिभो जस्तो फोनहरुलाई एक्सीनोस चीपसेट उपलब्ध गराउनेछ । तर यस विषयमा कुनै आधिकारिक सूचना भने दिइएको छैन् ।

यो चीपसेट प्रयोग गर्दा बजेटमा भने सन्तुलननै रहनेछ । साओमी, ओप्पो जस्ता फोनमा एक्सीनोस प्रोसेसर प्रयोग गरिएको पहिलो फोनसेटहरु भने २०२१ को बिच तीर आउन सक्ने अनुमान लगाइएको छ ।

भीभोले चीनमा पहिले नै एक्सीनोस चीपसेट प्रयोग गरेर फोन निकालि सकेको छ । भीभोको वाई ७० एसमा सामसङ्को एक्सीनोस ८८० चीप प्रयोग गरिएको थियो ।

साओमी र अरु ब्राण्डहरु एक्सीनोस चीपसेटमा पुरै आधारित हुदैनन् । केही डिभाइसहरुमा क्वालकमको चिपसेट पनि प्रयोग हुनेछ । सामसङ्ले नोभेम्बर १२ मा एक्सीनोस १०८० प्रोसेसर सार्वजनिक गर्दैंछ ।