कीवर्डहरू -

६ जीबी र्‍याम भएको पोको एम टु नेपालमा, कति छ मूल्य ? 

६ जीबी र्‍याम भएको पोको एम टु नेपालमा, कति छ मूल्य ? 

नेपाली बजारमा पोको एम टु स्मार्टफोन सार्वजनिक भएको छ । अनलाइन ईभेन्ट मार्फत पोको एम २ नेपालमा सार्वजनिक भएको हो ।

यसमा फुल एचडी प्लस रिसोलुसन सहित ६.५३ इन्च आईपीएस डिस्प्ले रहेको छ । यसको डिस्प्ले कोर्निङ गोरिल्ला ग्लास थ्रीद्वारा सुरक्षित गरिएको छ ।

पोको एम टुमा मिडिया टेकको हेलियो जी चिपसेट प्रयोग गरिएको छ । पोको एम २ नेपाली बजारमा ६ जीबी र्‍याम र ६४ जीबी इन्टरनल स्टोरेजको साथमा उपलब्ध रहेको छ ।

फोनमा एन्ड्रोइड १० अपरेटिङ सिस्टम रहेको छ । पोको एम २ मा रियर क्वाड क्यामेरा सेटअप रहेको छ । जसमा १३ मेगापिक्सेल क्यामेरा, ८ मेगापिक्सेल अल्ट्रा वाइड सेन्सर, ५ मेगापिक्सेल म्याक्रो सेन्सर र २ मेगापिक्सेल डेप्थ सेन्सर रहेको छ । भने ८ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ ।

फोनमा फिंग्रप्रिन्ट तथा फेस अनलकको सुविधा उपलब्ध छ । यसमा ५ हजार एमएएचको ब्याट्री रहेको छ, जसले १८ वाट फास्ट चार्जिङ सपोर्ट गर्छ । पोको एम टुको मूल्य नेपाली बजारमा १८ हजार ९९९ रुपैयाँ तोकिएको छ ।