कीवर्डहरू -

५ हजार एमएएच ब्याट्री सहित पोको सीथ्री स्मार्टफोनमा नेपालमा, कति छ मूल्य ? 

५ हजार एमएएच ब्याट्री सहित पोको सीथ्री स्मार्टफोनमा नेपालमा, कति छ मूल्य ? 

नेपाली बजारमा पोको सीथ्री स्मार्टफोन सार्वजनिक भएको छ । अनलाइन ईभेन्ट मार्फत आईतबार पोको सीथ्री स्मार्टफोन सार्वजनिक भएको हो ।

६.५३ इन्च इनसेल एलसीडी डिस्प्ले रहेको यसमा एचडी प्लस रिसोलुसन रहेको छ । त्यस्तै पोको सीथ्रीमा मिडिया टेकको जी ३५ प्रोसेसर प्रयोग गरिएको छ ।

यसमा एन्ड्रोइड १० अपरेटिङ सिस्टम रहेको छ । भने नेपाली बजारमा यो फोन ४ जीबी र्‍याम र ६४ जीबी इन्टरनल स्टोरेज उपलब्ध छ ।

क्यामेराको कुरा गर्दा फोनमा पछाडीतिर ट्रिपल क्यामेरा सेटअप रहेको छ । जसमा १३ मेगापिक्सेल प्राइमरी क्यामेरा, २ मगापिक्सेल म्याक्रो क्यामेरा, २ मेगापिक्सेल डेप्थ सेन्सर रहेको छ । साथमा एलइडी फ्ल्यास पनि उपलब्ध छ ।

फोनमा सेल्फी क्यामेरा ५ मेगापिक्सेलको राखिएको छ । ५ हजार एमएएचको ब्याट्री रहेको यस फोनले १० वाटको फास्ट चार्जिङ सपोर्ट गर्छ । नेपाली बजारमा पोको सीथ्रीको मूल्य १४ हजार ९९९ रुपैयाँ तोकिएको छ ।