कीवर्डहरू -

सन् २०२१ देखि एन्ड्रोइडका पुराना भर्सनमा धेरै वेबसाइट नचल्ने 

सन् २०२१ देखि एन्ड्रोइडका पुराना भर्सनमा धेरै वेबसाइट नचल्ने 

एन्ड्रोइडका पुराना भर्सनमा अब धेरै वेबसाइटहरु नचल्ने भएका छन् । लेट्स इन्क्रिप्टले सन् २०२१ देखि ७.१.१ भन्दा तल्लो भर्सनका एन्ड्रोइड डिभाइसमा रुट सर्टिफिकेटलाई विश्वास नगर्ने चेतावनी दिएको छ ।

लेट्स इन्क्रिप्ट विश्वको अग्रणी सर्टिफिकेट अथोरिटी हो । अहिले करिब ३० प्रतिशत वेब डोमेनले यसको सर्टिफिकेट प्रयोग गर्छन् ।

लेट्स इन्क्रिप्ट र आइडेन ट्रष्टको साझेदारी सेप्टेम्बर २०२१ मा सकिदैं छ । कम्पनीले यसपछि क्रस साइनिङ एग्रिमेन्टमा जाने योजना बनाएको छैन् ।

जसको अर्थ लेट्स इन्क्रिप्टको रुट सर्टिफिकेट बिना सबै ब्राउजर तथा अपरेटिङ सिस्टमले ग्रुप शर्टिफिकेटको प्रयोग गरेर साइट र सर्भिसेसमा काम गर्न सक्ने छैनन् ।

सन् २०२१ को जनवरी ११ देखि लेट्स इन्क्रिप्टले डिफल्ट क्रस साइनिङ बन्द गर्नेछ । फायरफक्स ब्राउजर प्रयोग गर्दा केही हद सम्म वेबसाइटहरु भने चलाउन सकिन्छ ।

त्यहाँ पनि सबै वेबसाइटहरु भने चल्दैन् । करिब ३३.८ प्रतिशत एन्ड्रोइड प्रयोगकर्ताहरुले ७.१.१ भन्दा पहिलेको एन्ड्रोइड भर्सन चलाउने गरेका छन् ।