कीवर्डहरू -

पब्जी खेलेर नेपाली युवाहरुले जिते ७१ लाख रुपैयाँ 

पब्जी खेलेर नेपाली युवाहरुले जिते ७१ लाख रुपैयाँ 

नेपाली युवाहरुले पब्जी मोबाइल प्रो लिग साउथ एशियाको उपाधि जितेका छन् । युवाहरु माझ लोकप्रिय गेम पब्जी खेलेरै नेपाली युवाहरुले ७१ लाख रुपैयाँ जितेका हुन् ।

पब्जी टीम ‘एबरुष्ट स्लेयर्स’ र ‘दी रियल सोल्जर्स’ ले ‘पब्जी मोबाइल प्रो लिग साउथ एशिया’ को क्रमश विजेता र फस्ट रनरअपको उपाधि हात पारेका हुन् ।

उक्त प्रतियोगितामा विजेता भएको टीम एबरुष्ट स्लेयर्सले ४० हजार डलर अर्थात ४७ लाख ४० हजार रुपैयाँ जितेको छ । भने फस्ट रनरअप भएको टीम दी रियल सोल्जर्सले २० हजार डलर अर्थात २३ लाख ७० हजार रुपैयाँ पुरस्कार पाएको छ ।

दक्षिण एसियाली प्रतियोगितामा सुरुमा २० वटा टीमले प्रतिस्पर्धा जनाएका थिए । जसमा चारवटा टिमको एउटा समूह बनाएर पाँच समूहबीच प्रतिस्पर्धा गराइएको थियो ।

पब्जी मोबाइल प्रो लिग साउथ एसियाको शीर्ष १६ मा दक्षिण एसियाका नेपाल, पाकिस्तान र बंगलादेशका पब्जी टिम छनौट भएका थिए ।

पब्जी मोबाइल प्रो लिग साउथ एसियाको विजेता दुबै नेपाली टीम पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिपमा समेत छानिएका छन् ।

यस ग्लोबल लिगमा विश्वभरका पब्जी टीम सहभागी हुनेछन् । ग्लोबल च्याम्पियनसिप विजेताले २३ करोड ७० लाख रूपैयाँ पुरस्कार पाउनेछ ।