कीवर्डहरू -

विश्व विज्ञान दिवसको अवसरमा भर्चुअल रुपमा विज्ञान संवाद आयोजना गर्दैं नाष्ट

विश्व विज्ञान दिवसको अवसरमा भर्चुअल रुपमा विज्ञान संवाद आयोजना गर्दैं नाष्ट

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले विश्व विज्ञान दिवसको अवसरमा कार्तिक २५ गते विज्ञान संवाद कार्यक्रम आयोजना गर्ने भएको छ ।

नास्टले विश्व विज्ञान दिवसको अवसरमा ‘समाजको लागि र समाजसँग विज्ञान’ विषयकमा वेबिनार आयोजना गरेको हो ।

विश्व विज्ञान दिवस हरेक वर्ष नोभेम्बर १० का दिन मनाइदै आएको छ । कार्तिक २५ गते बिहान साढे ११ बजेदेखि कार्यक्रम सुरु हुनेछ ।

\"\"

उक्त कार्यक्रम नाष्टका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठले उद्घाटन गर्नेछन् भने नाष्टका सचिव डा. महेश कुमार अधिकारीले स्वागत मन्तव्य राख्नेछन् ।

त्यस्तै कार्यक्रमको अध्यक्षता पूर्व विज्ञान, प्रविधि तथा वातावरण मन्त्री गणेश शाहले गर्नेछन् । उक्त विज्ञान संवादको कार्यक्रम संयोजकमा नाष्टकी लुना बज्र रहेकी छन् भने सहजकर्ताको रुपमा नाष्टका डा. रमेश कुमार मास्के रहेका छन् ।

कार्यक्रममा प्यानल डिस्कसन सेसन पनि रहेको छ । जसमा विज्ञान कुटनीतिको विषयमा ग्लोबल इन्स्टिच्युट अफ इन्टरडिसीप्लिनरी स्टडिज नेपालका डा. उत्तम बाबु श्रेष्ठले कुरा गर्नेछन् ।

त्यस्तै स्याटेलाइटमा आधारित सूचना तथा सञ्चार विषयमा बड्स थ्रीका प्रोजेक्ट म्यानेजर ईन्जिनियर आभाष मास्के, विज्ञान प्रविधि तथा नवपर्वतन विषयमा प्रा.डा. राजु खनाल तथा विज्ञान पत्रकारिता विषयमा वरिष्ठ विज्ञान पत्रकार छत्र कार्कीले कुरा गर्नेछन् ।

त्यसैगरी विज्ञानमा महिला विषयमा वमन साइन्टिस्ट फोरम नेपालकी संयोजक प्रा.डा अञ्जना सिंह, विज्ञान शिक्षा विषयमा सोसाइटी फर नेप्लिज आर्किटेक्टकी अध्यक्ष अञ्जु मल्ल प्रधान र नेसनल डिजिटल इन्नोभेसन डिजिटल नेटवर्कको विषयमा नास्टका डा. रविन्द्र ढकालले कुरा गर्नेछन् ।

त्यस्तै पूर्व मन्त्री गणेश शाहले कार्यक्रमको अन्त्यमा निष्कर्षको रुपमा आफ्नो धारणा राख्नेछन् ।

यस्तो छ कार्यक्रम तालिका

\"\"