नेपाली ईकमर्स कम्पनी अल्टिमोडिल मा नायिका स्वेता खड्काले लगानी गरेकी छन् । अल्टिमोडिलमा खड्काले लगानी गरेसँगै उनी कम्पनीको अध्यक्षमा समेत चयन भएकी छन् ।
स्वेता खड्का नायिका मात्र नभएर व्यवसायी समेत हुन् । उनले धेरै प्रकारका व्यवसाय सञ्चालन गरिरहेकी छन् । पछिल्लो समय ईकमर्सको लोकप्रियता बढिरहेका बेला स्वेताले पनि ईकमर्समा लगानी गरेकी हुन् ।
सन् २०१७ मा अल्टिमोडिलको जन्म भएको थियो । एकलाख २० हजार रुपैयाँबाट सुरु भएको अल्टिमोडिल आज करोडौंको कम्पनी भएको छ । अल्टिमोडिल सुरु भएको पहिलो दिनमै ५० अर्डर आएको थियो ।
कम्पनीमा नयाँ लगानी आएसँगै नेपालमै उत्पादन भइरहेका प्रडक्टहरु बजारमा लिएर आउने र त्यही हिसाबले मार्केटिङलाई पनि अगाडी बढाउने अल्टिमोडिलका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत मनिष घिमिरेले आइसिटी समाचारलाई बताए ।
उनका अनुसार रिमोट एसियातिर पनि डेलिभरीलाई अब बलियो बनाउने कम्पनीको योजना रहेको छ ।अल्टिमोडिलमा नायिका स्वेता खड्काले कति लगानी गरिन त्यो चाही अहिले खुलाउन नमिल्ने घिमिरेले बताए । कम्पनीले सिधैं उत्पादक तथा आपूर्तिकर्ताहरुसँग सहकार्य गरेर पनि विभिन्न सामानहरु उपलब्ध गराइरहेको छ ।
अल्टिमोडिलबाट अहिले ग्रोसरी, इलेक्ट्रोनिक्स, गेम्स तथा कन्सोल, हेल्थ तथा फिटनेस, मेन्स तथा वमन्स फेसन, अटोमोबाइल्स, बुक्स, स्न्याक्स, नुडुल्स, गिफ्ट लगायतका विभिन्न सामानहरु खरिद गर्न सकिन्छ । साथै यसमा भन्डे बनेर पनि आफ्नो सामानहरु बिक्री गर्न सकिन्छ ।
यो पनि पढ्नुहोस्ः
अल्टिमो डिल - इन्जिनियरको ई-कमर्श सपना