कीवर्डहरू -

भैरहवामा एनसेलको नयाँ सेन्टर, सिम कार्ड खरिदमा १ जीबी डाटा निःशूल्क

भैरहवामा एनसेलको नयाँ सेन्टर, सिम कार्ड खरिदमा १ जीबी डाटा निःशूल्क

मोबाइल सेवा प्रदायक कम्पनी एनसेल आफ्नो ग्राहक सेवालाई थप सहज तथा परिस्कृत बनाउँदै भैरहवामा सुविधा सम्पन्न एनसेल सेन्टर सञ्चालनमा ल्याएको छ ।

कोरोना महामारीका समयमा सरकारले तोकेको स्वास्थ्य सुरक्षाका सम्पुर्ण मापदण्ड पालना गर्दै एनसेल सेन्टर सञ्चालनमा ल्याईएको हो ।

भैरहवाको मिलनचोक ५ स्थित कोइराला कम्प्लेक्समा रहेको यो एनसेल सेन्टरले ग्राहकलाई एकै स्थानबाट सम्पुर्ण ग्राहक सेवा प्रदान गर्नेछ ।

एनसेल सेन्टरबाट ग्राहकले एनसेलका सेवा तथा सुविधाहरुका बारेमा सोधपुछ गर्न, सिम खरिद गर्न, इन्टरनेट सेटिङ बारे जानकारी लगायत विभिन्न कर्पोरेट सेवाहरु समेत लिन सक्नेछन् ।

त्यस्तै ग्राहकहरुले यो सेन्टरबाट आफ्नो सिम फोरजीमा अपग्रेड गर्न, सिम तथा मोबाइल नम्बर परिवर्तन गर्न, सियुजी नम्बरहरु र विज प्लानहरु बदल्न, अन्तर्राष्ट्रिय रोमिङ सुचारु गर्न, बिल तिर्न, रिचार्ज कार्ड खरिद र ब्यालेन्स ट्रान्सफर गर्न लगायतका अन्य ग्राहक सेवाहरु प्राप्त गर्न सक्ने एनसेलले जनाएको छ ।

नयाँ सेन्टर सञ्चालनको अवसरमा विभिन्न सेवाको लागि सेन्टर आएका ग्राहकले कार्तिक ३० गतेसम्म विभिन्न भोलुमको डाटा प्याक उपहार स्वरुप प्राप्त गर्नेछन् ।

भैरहवा सेन्टरबाट सिम कार्ड खरिद गर्ने ग्राहकले १ जीबी डाटा भोलुम निःशुल्क पाउनेछन् । प्राप्त डाटा भोलुम बिहान ५ बजे देखि बेलुका ५ बजे सम्म ७ दिनसम्म मान्य रहनेछ।

साथै सेन्टरबाट २०० रुपैयाँको ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले पनि ७ दिनको समयसिमा रहेको १ जीबी डाटा भोलुम निःशुल्क पाउने एनसेलले जानकारी दिएको छ।

त्यसैगरी ५०० रुपैयाँ र १००० रुपैयाँको ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले ३० दिनका लागि मान्य हुने गरी क्रमशः १ जीबी र २ जीबी डाटा पाउनेछन् । सेन्टरबाट आफ्नो थ्रीजी सिमलाई फोरजीमा अपग्रेड गर्ने ग्राहकले पनि ७ दिनसम्म मान्य हुने १ जीबी डाटा पाउनेछन् ।

विश्वस्तरीय सेवा अनुभव प्रदान गर्ने प्रतिबद्धता अनुरुप एनसेलको नयाँ सेन्टरले ग्राहकलाई थप मुल्य प्रदान गर्ने विश्वास एनसेलले लिएको छ ।

आइतबार देखि शनिबार हप्ताको सातै दिन बिहान ९ बजे देखि साढे ५ बजे सम्म सेन्टरले ग्राहकहरुलाई सेवा प्रदान गर्नेछ ।

आफ्नो ग्राहक सेवालाई अझ सहज तथा सर्वसुलभ बनाइ उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्न एनसेलले देशका विभिन्न भागमा ३१ वटा एनसेल सेन्टरहरु सञ्चालन गर्दै आएको जनाएको छ ।