कीवर्डहरू -

प्रहरीद्वारा नागढुंगाबाट ५६ थान मोबाइल बरामद

प्रहरीद्वारा नागढुंगाबाट ५६ थान मोबाइल बरामद

काठमाडौं चन्द्रागिरी नगरपालिका २ नागढुंगाबाट बिल तथा कागजात नभएको विभिन्न कम्पनीका ५६ थान मोबाइल प्रहरीले बरामद गरेको छ ।

आइतबार दिउँसो चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको बा.३ ख ३१०६ नम्बरको हाईसलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्दा हाइसको छतमा कार्टुनमा उक्त मोबाइल फेला पारी बरामद गरेको हो ।

बरामद मोबाइलहरु आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन ललितपुर पठइएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।