कीवर्डहरू -

विद्यार्थीलाई निःशुल्क सिमकार्ड वितरण गर्न सञ्चारमन्त्री गुरुङको निर्देशन

विद्यार्थीलाई निःशुल्क सिमकार्ड वितरण गर्न सञ्चारमन्त्री गुरुङको निर्देशन

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल दूरसञ्चार प्राधिकरणलाई विद्यालय तहका सबै विद्यार्थीहरुलाई तत्काल निःशुल्क सिमकार्ड वितरण गर्न निर्देशन दिएका छन् ।

मंगलबार काठमाडौंको कमलादीस्थित दूरसञ्चार प्राधिकरणको केन्द्रीय कार्यालय अनुगमन गर्ने क्रममा मन्त्री पार्वत गुरुङले यस्तो बताएका हुन् ।

मन्त्री गुरुङले देशभरका सामूदायिक विद्यालयहरुको पठनपाठन अनलाईनमार्फत् सञ्चालन हुने गरी विद्यार्थीहरुलाई निःशुल्क सिमकार्ड वितरण गरी इन्टरनेटको तत्काल व्यवस्था गर्न प्राधिकरणलाई निर्देशन दिएका हुन् ।

‘कोरोना भाइरसको कारण विद्यालयमा पठनपाठन सञ्चालन हुन् नसकेको अवस्थामा देशभरका सामूदायिक विद्यालयहरुका विद्यार्थीलाई निःशुल्क सिमकार्डको व्यवस्था गरी अनलाईन कक्षा सञ्चालनका लागि इन्टरनेट सेवाको व्यवस्था मिलाउन प्राधिकरणलाई आग्रह गर्छु’ मन्त्री गुरुंले भने ।

उनले हरेक वडा तह र स्वास्थ्य चौकीमा पनि इन्टरनेट सेवा विस्तार गर्न ढिलाई नगर्न प्राधिकरणलाई सचेत गराए । इन्टरनेट सेवा सिंहदरबारमा समेत गुणस्तरीय नभएको उल्लेख गर्दै मन्त्री गुरुङले त्यसलाई गुणस्तरीय, सस्तो र भरपर्दो बनाउन प्राधिकरण र नेपाल टेलिकमले नयाँ कार्ययोजनाका साथ अघि बढनुपर्ने पनि स्पष्ट पारे ।

मन्त्री गुरुङले देशभर अप्टिकल फाइबर बिच्छ्याउने (सूचना महामार्ग) कार्यलाई तोकिएको समयमा सम्पन्न गर्न आवश्यक सहजीकरण गरिने पनि बताएका छन् ।

उनले देशैभर उच्च गतिको ब्रोडब्याड इन्टरनेको पहुँच पुर्याउँदै डिजिटल नेपालको आधार तयार गर्ने लक्ष्यका साथ शुरु गरिएको सो परियोजनालाई निर्धारित समयमै सम्पन्न गर्न सरकारका तर्फबाट सहयोग गर्ने बताएका हुन् ।