कीवर्डहरू -

दराजको ११.११ सेल डेमा डिशहोम खरिद गर्दा २० प्रतिशतसम्म छुट 

दराजको ११.११ सेल डेमा डिशहोम खरिद गर्दा २० प्रतिशतसम्म छुट 

अनलाइन सपिङ साइट दराजबाट डिशहोम खरिद गर्दा विशेष छुट पाउन सकिने भएको छ । दराजले कार्तिक २६ गते बुधबार आयोजना गरेको ११.११ सेलमा डिशहोम खरिद गर्दा २० प्रतिशतसम्म छुट पाइने भएको हो ।

डिशहोम कनेक्सन, डिशहोम फाइबरनेट तथा डिशहोमका अन्य उपकरणहरु खरिदमा २० प्रतिशत वा ३ हजार रुपैयाँसम्म छुट प्राप्त हुनेछ ।

दराजको ११.११ सेलडे आज अर्थात बुधबार मात्रै सञ्चालन हुनेछ । ११.११ मा ग्राहकहरुले मेगा डिल, फ्ल्यास सेल्स, बैंक डिस्काउण्ट, निःशुल्क डेलिभरी, भौचरहरु र अन्यमार्फत ६ हजार भन्दा बढी विक्रेताहरू र  १६० भन्दा बढी राष्ट्रिय र अन्तर्राष्ट्रिय आधिकारिक ब्राण्डहरुले बेच्दै आएका ५ लाख भन्दा बढी उत्पादनहरुमा धेरै भन्दा धेरै छुट पाउनेछन् ।

यसपालिको ११.११ सेलमा ग्राहकहरुले साझेदार बैंकहरूको डेबिट र क्रेडिट कार्डमार्फत समान अर्डर गर्दा २० प्रतिशत (३ हजार रुपैयाँसम्मको) छुट पाउनेछन ।

यसको लागि नबिल बैंक, एनआईसी एशिया, सानिमा बैंक, ग्लोबल आईएमई बैंक, एनएमबी बैंक, मेगा बैंक, नेपाल बंगलादेश बैंक, कुमारी बैंक, लक्ष्मी बैंक, सेञ्चुरी बैंक र हिमालयन बैंकका कार्डबाहकहरूले सेवा लिन सक्नेछन् ।