कीवर्डहरू -

एप्पलले सार्वजनिक गर्‍यो आफ्नै प्रोसेसर प्रयोग भएको नयाँ म्याकबुक

एप्पलले सार्वजनिक गर्‍यो आफ्नै प्रोसेसर प्रयोग भएको नयाँ म्याकबुक

मंगलबार एप्पलले आयोजना गरेको ‘वान मोर थिङ्ग’ ईभेन्टमा म्याकबुक एयर र म्याकबुक प्रो सार्वजनिक गरेको छ ।

यी दुई ओटा नयाँ ल्याप्टपमा एप्पलले बनाएको एम १ प्रोसेसर प्रयोग गरिएको छ ।  यी दुबै ल्याप्टप नोभेम्बर १७ देखि विक्रिको लागी उपलब्ध हुनेछन् ।

एप्पल म्याकबुक एयर

कम्पनीले सार्वजनिक गरेको म्याकबुक एयरमा ८ कोर सीपीयू छ जसले अरु जेनेरेसनको म्याकबुक भन्दा ३.५ गुणा राम्रो काम गर्ने गर्ने जनाइएको छ ।

यसको सुरुवाती मूल्य ९९९ अमेरिकी डलर रहेको छ । म्याकबुक एयर २५६ जीबी र ५१२ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध हुनेछ ।

यसले १५ घण्टा वायरलेस वेब ब्राउजिङ् र १८ घण्टा भिडियो प्लेब्याक ब्याट्री ब्याकअप दिने कम्पनीले बताएको छ । ल्याप्टपमा रेटिना डिस्प्लेसँगै म्याजिक किबोर्डको फिचर पनि उपलब्ध छन् ।

म्याकबुक प्रो

म्याकबुक प्रोमा १३ इन्चको रेटिना डिस्प्ले रहेको छ । यसले १७ घण्टाको वायरलेस वेब ब्राउजिङ् र २० घण्टा भिडियो प्लेब्याक ब्याट्री ब्याकअप दिने कम्पनीले बताएको छ ।

यसमा स्टुडियो क्वालिटीको रेकर्डिङ्ग माइक पनि रहेको छ । म्याकबुक प्रोमा टच आईडी र वाईफाई सिक्सको समेत सुविधा रहेको छ ।

यो २५६ जीबी र ५१२ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध रहेको छ । यस म्याकबुक प्रोको सुरुवाती मूल्य १२९९ अमेरिकी डलर रहेको छ ।