कीवर्डहरू -

गूगल ड्राइभले चाँडैनै इन्क्रिप्टेड फाइललाई खोल्न अनुमति दिने

गूगल ड्राइभले चाँडैनै इन्क्रिप्टेड फाइललाई खोल्न अनुमति दिने

गूगल ड्राइभले चाँडैनै इनक्रीप्टेड फाइलहरु पनि खोल्न दिने भएको छ । अहिलेसम्म गूगल ड्राइभमा इनक्रीप्टेड फाइलहरु खोल्न मिल्दैन ।

ह्याकरहरु हरेक दिन डेटाको पहुँच पाउने बाटोमा लागीरहेका हुन्छन् । त्यही कारणले संवेदनशील डेटालाई इनक्रीप्टेड फाइलमा राख्नु राम्रो बानी हो ।

एक्सडीए का अनुसार गूगल ड्राइभको एन्ड्रोइड भर्सन २.२०.४४१.०६.४० मा इन्क्रिप्टेड फाइलहरुलाई खोल्न सपोर्ट गर्ने तयारी गरेको संकेत मिलेको छ । यो फिचर आउने अनुमान सँगै धैरै प्रश्न चिहन पनि ठहरिएका छन् ।

यो फिचर आएमा यसले गूगल ड्राइभलाई सुरक्षामा ठूलो सहयोग पुर्‍याउनेछ । यसले अरु एपको फाइलहरुलाई पनि सुरक्षित पार्नमा सहयोय जनाउँछ ।

एजेन्सीको सहयोगमा