कीवर्डहरू -

यस्ता छन् नेपाल टेलिकमले उपलब्ध गराइरहेका एसएमएस प्याक

यस्ता छन् नेपाल टेलिकमले उपलब्ध गराइरहेका एसएमएस प्याक

नेपालीहरुको महान पर्व तिहार, छठ तथा नेपाल संवतको नयाँ वर्ष (न्हु दया) का अवसरमा आफन्त र शुभचिन्तकहरुलाई शुभकामना सन्देश पठाउन सहज होस् भनी नेपाल टेलिकमले एसएमएस प्याकका साथै विभिन्न प्रकारका प्याकहरु उपलब्ध गराइरहेको छ ।

सामान्य अवस्थामा एउटा एसएमएस पठाउँदा ५० पैसा शुल्क लाग्ने गरेको छ । हाल नेपाल टेलिकमले उपलब्ध गराइरहेको अटम अफर अन्तर्गतको एसएमएस प्याकमा तीन प्रकारका सहुलियत उपलब्ध छन् ।

जसमा ५ रुपैयाँमा २० वटा एसएमएस, १५ रुपैयाँमा ७० वटा एसएमएस र ६० रुपैयाँमा ३०० वटा एसएमएस पठाउन सकिन्छ । यी प्याक क्रमशः १ दिन, ७ दिन र २८ दिनको समयावधिभित्र प्रयोग गर्न सकिन्छ ।

२० वटा एसएमएसका लागि SMS20, ७० वटा एसएमएसका लागि SMS70 र ३०० वटा एसएमएसका लागि SMS300 लेखेर १४१५ मा एसएमएस पठाउन सकिन्छ । यसैगरी *१४१५*१*५# डायल गरेर वा एनटी एपबाट पनि एसएमएस सेवा खरिद गर्न सकिन्छ ।

नेपाल टेलिकमको पोस्टपेड प्रयोगकर्ताहरुले पोस्टपेडका विभिन्न प्याकमध्ये प्राइम, प्रिमियम, गोल्ड र डायमन्ड प्याक लिंदा एसएमएस, भ्वाइस र डाटा प्याकहरु समेत प्रयोग गर्न सकिन्छ ।

पोस्टपेड प्राइम प्याक लिई २ सयवटा एसएमएस, प्रिमियम प्याक खरिद गर्दा ५ सय वटा एसएमएस र गोल्ड तथा डायमन्ड प्याक खरिद गर्दा १ हजार वटा एसएमएस पठाउन सकिने सुविधा उपलब्ध छ ।

यी एसएमएस एक महिनासम्म कुनैपनि समयमा पठाउन सकिन्छ । पोस्टपेड प्याक खरिद सम्बन्धी विस्तृत जानकारी लिनका लागि आफ्नो मोबाइलमार्फत *१४१५*२# डायल गर्न सकिन्छ ।

कर्पोरेट कार्यालयका लागि उपलब्ध गराइएको कर्पोरेट युजर ग्रुप (सीयूजी) अन्तर्गत रहेर पनि सहुलियत दरमा एसएमएस पठाउन सकिन्छ ।

सीयूजी प्याक अन्तर्गत २०० रुपैयाँ, ५०० रुपैयाँ, १००० रुपैयाँ र १५०० रुपैयाँ दरका विभिन्न अफर अन्तर्गत रहेर ग्रुपमा आबद्ध र ग्रुपभन्दा बाहिरका नम्बरमा समेत कल गर्न र एसएमएस गर्न सकिनुका साथै डाटा समेत चलाउन सकिन्छ ।

सो प्याक अन्तर्गत अन्य सुविधाका अतिरिक्त क्रमशः ५०, १००, २०० र ४०० वटा एसएमएस आवश्यकता अनुसार एक महिना भित्र  पठाउन सकिन्छ ।

यी विभिन्न प्याकका बारे कम्पनीको ‘नेपाल टेलिकम एप’ बाट जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइट मार्फत यस सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न सकिन्छ । वेबसाइटमा रहेको सेल्फ केयर एकाउन्टमा रजिष्टर गरेर त्यसबाट पनि विभिन्न प्याक खरिद गर्न सकिन्छ ।