कीवर्डहरू -

१० औं वार्षिकोत्सव मनाउँदैं फुडमान्डु, १० नेपाली स्टार्टअपसँग सहकार्य गर्दैं

१० औं वार्षिकोत्सव मनाउँदैं फुडमान्डु, १० नेपाली स्टार्टअपसँग सहकार्य गर्दैं

नेपालको पहिलो फुड डेलिभरी कम्पनी फुडमान्डुले आज आफ्नो १० औं वार्षिकोत्सव मनाइरहेको छ ।  सन् २०१० मा स्थापना भएको फुडमान्डुले एकदशक पुरा गरेको छ ।

आफ्नो १० औं वार्षिकोत्सव फरक ढंगल मनाउने उदेश्य अनुरुप कम्पनीले नेपालका १० स्टार्टअपहरुसँग पनि सहकार्य गरेको छ ।

फुडमान्डुले सस्तोडिल, यूजी बजार, टुटल, हेल्मेट्स नेपाल, किताब यात्रा, स्टुडियो सार्कास्टीक, कटन मील्स, खाली सिसी, ब्रज व्युटी तथा सजिलो मर्मत सेवासँग सहकार्य गरेको छ ।

खाना तथा खाजा डेलिभरी गर्दैं आएको सहकार्यमा संलग्न कम्पनीहरुका विभिन्न प्रकारका निश्चत सामानहरु पनि ग्राहकहरुले आफ्नो प्लेटर्फम मार्फत अर्डर गर्न सक्ने व्यवस्था मिलाएको छ ।

कम्पनीले आफ्नो वार्षिकोत्सवको अवसरमा नोभेम्बर ११ देखि २१ सम्म २५ भन्दा बढि रेष्टुरेन्टहरुबाट अधिकतम ५० प्रतिशतसम्मको छुट उपलब्ध गराएको छ ।

साथै एनआईसी एसिया बैंकका प्रयोगकर्ताहरुले बैंकको क्रेडिट कार्ड वा डेबिट कार्डमार्फत भुक्तानी गर्दा अधिकतम २० प्रतिशत वा ५०० रुपैयाँसम्म क्यास ब्याक पाउने छन् ।

यसका साथै कम्पनीले फुडमाण्डू फ्रेश अफिसियल लोगो सार्वजनिक गरेको छ । फुडमान्डु फ्रेसले फ्रेश भेजिटेबल, फ्रोजन मिट, बेकरी आईटम र फलफुललगायतका ताजा उत्पादनहरु डेलिभरी गर्दै आइरहेकोछ ।

\"\"

यही अवसरमा कम्पनीले नयाँ सेवा ‘फूडमाण्डु गो’ को पनि घोषणा गरेको छ । यो सेवा रेष्टुरेन्टहरुको लागि फुड डेलिभरी गर्न लजिष्टिक सपोर्टको रुपमा उपलब्ध हुनेछ ।

नेपालको पहिलो फुड डेलिभरी कम्पनी फुडमाण्डुले हाल दैनिक १ हजार भन्दा बढी फुड डेलिभरी गर्दै आएको छ जसले नेपालमा २५० जना भन्दा बढिलाई प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी समेत प्रदान गरेको छ । आगामी दिनमा आफ्नो सेवालाई देशका प्रमुख शहरहरुमा विस्तार गर्ने पनि कम्पनीको योजना रहेको छ ।