कीवर्डहरू -

कुबेतमा पनि अब इसेवामनि ट्रान्सफरको रेमिट्यान्स सेवा

कुबेतमा पनि अब इसेवामनि ट्रान्सफरको रेमिट्यान्स सेवा

इसेवा मनि ट्रान्सफर र कुबेतको ख्यातिप्राप्त रेमिट्यान्स् कम्पनी युएई एक्स्चेञ्जबीच रेमिट्यान्स् सेवा सुरू भएको छ ।

यो सेवा सुरू भएसँगै कुबेतमा रहेका नेपालीहरूले युएई एक्स्चेञ्जका २३ वटा शाखाबाट नगदमा तथा कुनै पनि बैंक खातामा र इसेवा वालेटमा पैसा पठाउन सक्ने छन् ।

नगदमा पठाइएको रकम नेपाल भर रहेक ८ हजार भन्दा धेरै इसेवामनि ट्रान्सफरका एजेन्ट तथा इसेवावालेट एप मार्फत पनि प्राप्त गर्न सकिनेछ ।

साथै इसेवा वालेटमा पैसा पठाउदा ७५० फिल्स  मात्र सेवा शूल्क लाग्ने छ । त्यसै गरी बैंक खातामा पठाएइको रकम तत्कालै तुरुन्तै सेवाग्राहीको बैंक खातामा जम्मा हुनेछ । युएई एक्स्चेञ्जले छिट्टै नै इसेवामनि ट्रान्सफरको सेवा आफ्नो अनलाइन मोबाइल एप मार्फत पनि सुरु गर्ने छ ।

रेमिट्यान्स् सम्बन्धी सम्झौता पत्रमा इसेवा मनि ट्रान्सफरको तर्फबाट प्रबन्ध निर्देशक अजेश कोइराला र युएई एक्स्चेञ्जका तर्फबाट कार्यकारी प्रमुख कृष्ण कुमार यछारथले हस्ताक्षर गरेका हुन् ।

सेवामनि ट्रान्सफरले डिजिटल रेमिट्यान्सका साथै  एजेन्ट बेस रेमिट्यान्स् सेवामार्फत नेपालमा रेमिट्यान्स् भित्र्याउदै आएको छ ।

हालको विषम परिस्थितिलाई मध्यनजर गर्दै इसेवाले डिजिटल माध्यमबाट समयको बचत, आर्थिक फाइदा र प्राविधिको प्रयोगबाट सुरक्षित ढंगबाट रेमिट्यान्स् भित्र्याउँदै आएको छ ।

इसेवा मनि ट्रान्सफरलाई रेमिट्यान्सको विश्वबजारमा छुटै नाम, सेवा र प्रविधिको पूर्ण प्रयोग गर्ने कम्पनीको रुपमा स्थापना गर्नु आफुहरुको उदेश्य रहेको इसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले बताए ।