कीवर्डहरू -

याहु मेलले निःशुल्क प्रयोगकर्ताहरुका लागी स्वतः ईमेल फरवार्ड हुने फिचरलाई बन्द गर्ने

याहु मेलले निःशुल्क प्रयोगकर्ताहरुका लागी स्वतः ईमेल फरवार्ड हुने फिचरलाई बन्द गर्ने

याहु मेलले निःशुल्क प्रयोगकर्ताहरुका लागी स्वतः ईमेल फरवार्ड हुने फिचरलाई बन्द गर्ने भएको छ । आगामी जनवरी १ देखि यो फिचर बन्द हुने भएको हो ।

यस्तो गर्दा हयाकिङ्गको प्रयत्न पनि कम हुने अनुमान लगाइएको छ । अब प्रयोगकर्ताहरुले प्रो अकाउन्ट वार्षिक ३४.९९ अमेरिकी डलर तिरेर या मासिक ३.४९ अमेरिकी डलर तिरेर पाउन सक्दछन् । स्वतः ईमेल फरवार्ड हुन प्रो अकाउन्ट लिनुपर्ने हुन्छ ।

पहिले ह्याकरहरुले सजिलै सूचनाहरु आफ्नो ईमेलमा फरवार्ड गरेर पाउन सक्थे तर अब भने यो फिचर याहु मेल प्रोमा अपग्रेड गरेर या एक्सेसमा सब्सक्राइब गरेर मात्रै प्राप्त गर्न सकिन्छ ।

मेलहरु भने वेब ब्राउजरमा मेल डट याहु डटकममा गएर या याहु मेल एपबाट नै हेर्न सकिन्छ । यो फिचरले कम्पनीलाई अरु नयाँ परिवर्तनहरुमा ध्यान दिनको लागी प्रोत्साहित गर्नेछ ।