कीवर्डहरू -

ह्वाट्सएपले विश्वव्यापी रुपमा उपलब्ध गरायो प्रयोगकर्ताहरुका लागी सपिङ बटन 

ह्वाट्सएपले विश्वव्यापी रुपमा उपलब्ध गरायो प्रयोगकर्ताहरुका लागी सपिङ बटन 

ह्वाट्सएपले विश्वव्यापी रुपमा प्रयोगकर्ताहरुका लागी सपिङ् बटन रोल आउट गरेको छ । यो एन्ड्रोइड र आईओएस दुबै प्रयोगकर्ताहरुका लागी उपलब्ध भएको छ ।

यसले प्रयोगकर्ताहरुलाई सिधैं व्यवसाय क्याटालोगममा लैजान्छ । यो नयाँ विकल्प भने स्क्रीनको माथिल्लो दाँया भागमा हुनेछ । पहिले प्रयोगकर्ताहरुले बिजनेस प्रोफाइलमा थिचेर त्यो व्यवसायको क्याटालोग छ की छैन भनेर हेर्नु पर्थ्यो ।

अब भने सजिलै प्रोडक्टहरु खोजेर कुराकानी सुरु गर्न सक्दछन् । यसले विक्री पनि बढाउन सक्छ । यसका लागी व्यवसायीहरुले ह्वाट्सटसएप बिजनेस एपमा क्याटालोग सेट गर्नुपर्ने हुन्छ ।

यो फिचर भारतमा पेमेन्ट सपोर्टको फिचर आएको केही दिन पछि आएको हो । यसले व्यवसायीहरुलाई अझै सहज बनाउने विश्वास गरिएको छ ।