कीवर्डहरू -

फेसबुकमा नक्कली आइडी बनाएर अश्‍लील सन्देश र तस्बिर पठाउने व्यक्ति पक्राउ

फेसबुकमा नक्कली आइडी बनाएर अश्‍लील सन्देश र तस्बिर पठाउने व्यक्ति पक्राउ

सामाजिक सञ्जाल फेसबुकमा फेक आईडी बनाई बालिकाहरूलाई अश्लिल सन्देश तथा तस्बिर पठाउने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा सागाँचोकगढी गाउँपालिका-४ बस्ने २० वर्षीय अखिल नेपाली रहेका छन् ।

अखिलले बालिकाहरूको बारेमा यौन अश्लिलतायुक्त अनर्गल सामग्री पोष्ट गरी अपमान गर्ने र हैरानी दिने कार्य गरी विद्युतीय (ईलेक्ट्रोनिक) कारोबार ऐन बमोजिमको कसुर गरेको पाइएपछि प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-२७ बाट उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको उक्त ब्यूरोले जनाएको छ ।