कीवर्डहरू -

मिडियाटेकले सार्वजनिक गर्‍यो डाइमेनसिटी ७०० फाइभजी चिपसेट

मिडियाटेकले सार्वजनिक गर्‍यो डाइमेनसिटी ७०० फाइभजी चिपसेट

मिडियाटेकले डाईमेनसिटी ७०० फाइभजी चीपसेट सार्वजनिक गरेको छ । यो प्रिमियम, मध्यम वर्गीय र मास मार्केट डिभाइसमा प्रयोग हुनेछ । यसमा दुई ओटा आर्म करटेक्स–ए ७६ हुने रहेको छ ।

यो २.२ गीगाहर्जमा चल्ने गर्दछ । कम्पनीको अनुसार यो नयाँ चीपसेटले फाइभजीको क्षमतालाई बजारमा अझै बिस्तार गर्नेछ । यो नयाँ चीपसेटले प्रयोगकर्ताहरुलाई एकदमै छिटो गतिमा चल्ने र भ्वाइस ओभर न्यू रेडियोको पनि फिचर प्राप्त गर्न सक्छन् ।

यसमा अल्ट्रा सेभ नेटवर्क इन्भाइरोमेन्ट डिटेक्सन नामको पावर बचत गर्ने फिचर पनि हुन्छ । यस्तै अरु फिचरमा मिडियाटेक फाइभजी अल्ट्रा सेभ ओटीए कन्टेन्ट अवेयरनेस भन्ने फिचर पनि हुन्छ जसले पनि डेटा बचत गर्ने गर्दछ ।

मिडियाटेक डाईमेनसिटी ७०० फाइभजी चीपसेटले ९० हर्ज सम्मको रीफ्रेस रेट डिस्प्ले रहेको छ जसले पुरा एचडी रिजोल्यूसन दिने गर्दछ ।

यसले ४८ एमपी या ६४ एमपी मेन क्यामेरा सपोर्ट गर्ने गर्दछ । यो चीपसेटले पनि अलिबाबा, अमेजन, बैडु, गूगल र टेनसेन्ट जस्तो भ्वाइस असिस्टेन्टलाई पनि सपोर्ट गर्ने गर्दछ ।