कीवर्डहरू -

भारतमा पब्जी मोबाइल गेम फर्किने घोषणा

भारतमा पब्जी मोबाइल गेम फर्किने घोषणा

भारतीय सरकारले दुई महिना अघि पब्जी लगायत अरु ११८ ओटा चिनिया एपहरुलाई प्रतिबन्ध लगाएको थियो । पबजी कर्पको अनुसार पब्जी गेम फेरि भारतमा फकिर्ने घोषणा गरेको छ ।

पब्जीको अधिकार रहेको दक्षिण कोरयाको क्राफ्टन इंकले सुरक्षा र गोपनीयताको डर हटाउनका लागी छुट्टै पब्जी मोबाइल इन्डिया एप बनाउने भएको छ ।

कम्पनीले प्रयोगकर्ताको गोपनियता र भारतिय प्लेयरको डाटा सुरक्षालाई प्राथमिकता दिने जनाएको छ । कम्पनीले बारम्बार अडिट र प्रमाणीकरण गरिरहने कुरामा पनि जोड दिएको छ ।

यो एपलाई चिनीयाँ कम्पनी टेन्सेन्ट भन्दा टाढै राखेर बनाइने छ । कम्पनीले भारतमा १०० मिलियन अमेरिकी डलर लगानी गर्ने योजना बनाएको छ ।

भारतमा पब्जी मोबाइल सबैभन्दा बढि डाउनलोड गरिएको गेमिङ एप थियो र मासिक ५० मिलियन सक्रिय प्रयोयकर्ताहरु रहेका थिए । पब्जी भारतमा कहिले सार्वजनिक हुन्छ त्यो भने  अहिले पनि खुलाइएको छैन् ।