कीवर्डहरू -

युट्यूब प्रिमियम सदस्यहरुका लागी अब स्टाडिया प्रिमियर इडिसन निःशुल्क

युट्यूब प्रिमियम सदस्यहरुका लागी अब स्टाडिया प्रिमियर इडिसन निःशुल्क

गूगलले युट्यूब प्रिमियम सदस्यहरुका लागी स्टाडिया प्रिमियर एडिसन निःशुल्क दिने भएको छ । यो सुविधा अहिले अमेरिका र बेलायतका लागी मात्रै उपलब्ध रहेको छ ।

यो ९९ अमेरिकी डलरको प्याकेज हो जसमा क्रोमकास्ट अल्ट्रा र स्टाडिया कन्ट्रोलर हुने गर्दछ । तर अब भने यही प्याकेज प्रिमियम सदस्यहरुले निःशुल्क पाउनेछन् । यसले प्रयोगकर्ताहरुलाई गूगलको क्लाउड गेमिङ प्रयोग गर्ने मौका पनि दिएको छ ।

यो सुविधा डिसेम्बर ३१ देखि उपलब्ध हुनेछ । युट्यूब प्रिमियमको मासिक १२ अमेरिकी डलर पर्ने गर्दछ । यसले विज्ञापन बिनाको भिडियो, ब्याकग्राउण्ड प्ले, कन्टेन्ट डाउनलोड गर्न मिल्ने जस्तो सुविधाहरु दिने गर्दछ । यसबाट युट्यूब म्यूजिक प्रिमियमको पनि पहुँच पाउन सकिन्छ ।