कीवर्डहरू -

गूगल फोटोजमा अब अनलिमिटेड स्टोरेज नपाइने, आगामी जुनदेखि बन्द हुँदैं

गूगल फोटोजमा अब अनलिमिटेड स्टोरेज नपाइने, आगामी जुनदेखि बन्द हुँदैं

गूगल फोटोमा अब सन् २०२१ देखि निःशुल्क अनलिमिटेड स्टोरेज सुविधा नपाइने भएको छ । गूगले फोटोजेले १ जुन  २०२१ देखि निशूल्क अनलिमिटेड स्टोरेज सुविधा हटाउने भएको हो ।

१ जुन २०२१ पछि गूगल फोटोमा हालेको सबै फोटोलाई १५ जीबी भित्रको स्टोरेजमा नै गनिने छ । तर जून १, २०२१ भन्दा पहिले हालिएको फोटोहरुलाई भने असीमित स्टोरेजमा नै राखिनेछ ।

यसले हाई क्वालिटी फोटोहरुलाई भने निःशुल्क असीमित स्टोरेज दिने गर्दछ । त्यसैले ब्याक एण्ड सिन्कको विकल्प प्रयोग गरेर हाई क्वालिटी राख्यो भने क्लाउडमा ढुक्क साथ अपलोड गर्न सकिन्छ ।

कम्पनीको अनुसार गूगल फोटोले ४ ट्रिलियन फोटो र भिडियोहरुलाई स्टोरेज दिएको छ र हरेक हप्ता प्रयोगकर्ताहरुले करिब २८ बिलियन फोटो तथा भिडियोहरु अपलोड गर्ने गर्दछन् ।

१५ जीबीको मात्रै स्टोरेज दिएता पनि गूगलको अनुसार धेरै प्रयोगकर्ताहरुले यो सीमालाई दश वर्ष पछि मात्रै पार गर्न सक्नेछन् । ईमेजलाई कम्प्रेस गरेर राख्यो भने यसले करिब १ देखि ४ एमबी सम्म लिने गर्दछ त्यसैले १ जीबीमा ३०० ओटा जति फोटो राख्न सकिन्छ ।

आउँदो जून देखि भने प्रयोगकर्ताहरुले कुनकुन फोटो डिलिट गर्नुपर्ने छ भनेर हेरिरहनु पर्नेछ । तर गूगल वान सब्सिक्रिप्सन लियो भने मासिक १.९९ अमेरिकी डलरमा १०० जीबी स्टोरेज प्राप्त गर्न सकिन्छ । यसमा २ टेराबाइट सम्मको स्टोरेज लिने अप्सनहरु रहेका छन् ।