कीवर्डहरू -

डिशहोम मार्फत बलिउड चलचित्र ‘सुरज पे मंगल भारी’ रिलिज हुँदैं

डिशहोम मार्फत बलिउड चलचित्र ‘सुरज पे मंगल भारी’ रिलिज हुँदैं

डिशहोम मार्फत कार्तिक ३० गतेदेखि बलिउड चलचित्र ‘सुरज पे मंगल भारी’ पे पर भ्यू अर्थात पैसा तिरेर हर्न मिल्ने भएको छ । यो चलचित्र डिशहोमको सिनेमाघर इन्टरनेशनल च्यानल नम्बर ९९९ मा दैनिक ६ सोमा चल्नेछ ।

डिशहोमका अनुसार बिहान ७ र १० बजे, दिउँसो १ र ४ बजे, साँझ ७ र राती १० बजे चलचित्र हेर्न सकिने छ । यो चलचित्रको शूल्क प्रति शो ४५२ रुपैयाँ तोकिएको छ ।

चलचित्र ‘सुरज पे मंगल भारी’ हेर्न आईभिआर नम्बर ९८०११९०९९० मा फोन गरेर प्राप्त निर्देशनका अनुसार सजिलै खुलाउन सकिन्छ ।

त्यस्तै डिशहोमको ग्राहक सेवा केन्द्रको फोन नम्बर ०१४२१७६६६ मा फोन गरेर वा टोल फ्री नम्बर १६६००१ २२००० मा फोन गरेर अथवा MOD999 आफ्नो CAS ID टाइप गरी चाहेको चलचित्रको सो समय टाईप गरी एसएमएस पठाएर खुलाउन सकिने छ ।

यसका साथै नजिकैको डिशहोम विक्रेताकोमा सम्पर्क गरेर समेत न्युनतम शुल्कमा सिनेमाघर खुलाउन सकिने कम्पनीले जनाएको छ ।