कीवर्डहरू -

सामसङले सार्वजनिक गर्‍यो फाइभजी सपोर्ट गर्ने मिडरेन्ज चीप 

सामसङले सार्वजनिक गर्‍यो फाइभजी सपोर्ट गर्ने मिडरेन्ज चीप 

सामसङको नयाँ मिडरेन्ज चीप एक्सीनोस १०८० सार्वजनिक गरेको छ । यसले फाइभजी र २०० मेगापिक्सेले क्यामेरालाई सपोर्ट गर्ने गर्दछ ।

यो ५ न्यानोमिटरको टेकलाई फाइभजीको क्षमतालाई एआई फिचरसँग जोडेर बनाइएको हो । यो चीपसेटले राम्रो परफर्मेन्स र पावर दक्षता दिने बताइएको छ । यो चीपसेटलाई धेरै किसिमको काम गर्ने गरि बनाइएको छ ।

यसमा अक्टा कोर सीपीयू रहेको छ । जसमा करटेक्स– ए ७८, तीन ओटा कम पावरको करटेक्स– ए ५५, जीपीयूमा माली–जी ७८ एमपी १० रहेको छ । साथै यसले ६ ओटा क्यामेरा सेन्सरहरुलाई सपोर्ट गर्ने गर्दछ ।

यसमा २०० मेगापिक्सेलको रीजोल्यूसन रहेको छ । भिभोले सर्वप्रथम यो चीपसेट आफ्नो एक्स सिरीजमा प्रयोग गर्ने अनुमान लगाइएको छ । अर्को ब्रान्ड भने साओमी हुन सक्ने बताइएको छ ।