कीवर्डहरू -

ठूलो डटकम तथा कल्पमार्टबाट सपिङ गर्दा १५ प्रतिशतसम्म छुट दिदैं कनेक्ट आईपीएस

ठूलो डटकम तथा कल्पमार्टबाट सपिङ गर्दा १५ प्रतिशतसम्म छुट दिदैं कनेक्ट आईपीएस

तिहारमा अनलाइन भुक्तानी माध्यमको प्रयोगलाई प्रोत्साहन गर्न एनसीएचएलले एनआईसी एशिया बैंकसँग सहकार्य गरी ‘कनेक्ट आईपीएस डिजिटल किनमेल’ अफर ल्याएको छ ।

यस अफरअन्तर्गत बैंकका ग्राहकहरुले ठूलो डटकम तथा कल्पमार्टबाट अनलाइन किनमेल गरी कनेक्ट आईपीएसमार्फत भुक्तानी गर्दा प्रति कारोबार १५ प्रतिशत (अधिकतम रु ५००) सम्मको छुट प्राप्त गर्न सक्नेछन् । यो अफर तिहारको समयलाई लक्षित गरी कार्तिक २७ देखि मंसिर १ सम्म लागू हुनेछ ।

बैंकका ग्राहकहरुले कनेक्ट आईपीएसमा एकपटक रजिष्टर गरी आफ्ना खाताहरु लिंक गरी बैंकबाट वा अनलाइनबाटै सेल्फ भेरिफाइ गराई सेवा सुचारु गर्न सक्दछन् ।

ग्राहकहरुले घरमै बसी सहज तरिकाले फण्ड ट्रान्सफर लगायतका अन्य भुक्तानीहरु खाताबाटै गर्न कनेक्ट आईपीएसको वेभसाइट, यसको मोबाइल एप, बैंक वित्तिय संस्थाको मोबाइल÷इन्टरनेट बैंकिङ्गमा रहेको कनेक्ट आईपीएस तथा विभिन्न क्रेडिटरहरुको वेभसाइटमा जोडिएको पेमेन्ट गेटवेलगायतका माध्यमहरुबाट प्रयोग गर्न सक्छन् ।