कीवर्डहरू -

टीसीएलका दुई फोरके एन्ड्रोइड टिभी नेपालमा, यस्ता छन् विशेषता

टीसीएलका दुई फोरके एन्ड्रोइड टिभी नेपालमा, यस्ता छन् विशेषता

टीसीएल ब्राण्डका उपकरणको माग नेपालमा बढ्दो छ । अघिल्लो ३ वर्षको तुलनामा टीसीएल एलइडी टीभीको माग ५० प्रतिशतले बढेको छ ।

नेपालमा टीसीएल ब्राण्डका टेलिभिजनका साथै वासिङ मेसिन, एसी, चेष्ट फ्रिजर, वाटर डिस्पेन्सर, लगायतका उपकरणहरु चौधरी ग्रुप अन्तर्गत इओएल प्राली मार्फत नेपाली बजारमा बिक्री हुने गर्छ । टीसीएलले नयाँ फोरके स्मार्ट टीभी नेपालमा भित्र्याएको छ ।

टीसीएल फोरके एन्ड्रोइड टीभी पूर्व सपित गरिएको ग्लोबल तथा स्थानिय एपसँगै आउँछ । यसले नयाँ पी ७१५ र पी ६१५ मध्यम दायराका टीभीका सेरिजहरु नेपालमा सुरु गरेको हो । यी सबै मोडेलहरुमा फोरके रिजोलुशन स्क्रिन र एन्ड्रोइड टीभीको सफ्टवेयर रहेको छ ।

टीसीएल पी ७१५ का विशेषताहरु

कम्पनीकाअनुसार टेलिभिजनहरु आर्टिफिसियल इन्टेलिजेन्सद्वारा संचालित हुन्छन् र फार फिल्ड वोइस पनि पहिचान गर्नेछन् । पहिलो प्रविधिले कोठा वरिपरि भएका आवाजहरुको कमाण्ड समाउन चारबाट मोबाइल फोनको प्रयोग गर्छ ।

जसले गर्दा रिमोटको बटन प्रेस गर्ने जरुरत पर्दैन अथवा रिमोटमा आवाज दिनु पर्दैन । यो विशेषता पहिलेको टीसीएल टीभीमा समेत रहेको थियो । वोइस कमाण्ड दिन रुचाएका ग्राहकहरुलाई यो धेरै सहज हुने छ ।

यो ७५ इन्च स्क्रिन साइजमा उपलब्ध छ । प्राय एन्ड्रोइड टीभीद्वारा संचालित टीभीमा जस्तै यो टीभीको विशेषता गुगल एसिस्टेन्टसँग काम गर्नेछ । प्राय सबै टीभीहरु फोरके हुन्छन् र सम्भवतः एन्ड्रोइड टीभीको पहिल्लो सस्करण ९ पाईमा संचालित हुनेछन् । यसमा एचडीआर १० फरम्याटमा रहेको छ ।

ग्राहकले एप तथा गेम इन्स्टल  गर्न चाहेमा यस एन्ड्रोइड टीभीमा रहेको गुगल प्ले स्टोरले मद्दत गर्नेछ । टीभीका केही मोडेलहरु भिडियो कलका लागि पपअप क्यामेरासहित आएका छन् । र अडियो क्षमता बढाउनका लागि डब्ली अडियो सपोर्ट समेत टीसीएल पी ७१५ टीभी सिरिजमा उपलब्ध छ ।

टीसीएल पी ६१५ का विशेषताहरु

यो ४३, ५० इन्च स्क्रिन साइजमा उपलब्ध छ । टीसीएल फोरके एन्ड्रोइड टीभी पूर्व स्थापित गरिएका फराकिला दायराका ग्लोबल तथा स्थानीय एपसहरुसँगै आउछ ।

फोरके एचडीआरसँग पी ६१५ ले आश्चयजनक दृश्य अवलोकनको अनुभव प्रदान गर्छ । यसका कारण तस्विरहरुमा अचम्म लाग्दो चमक, मनमोहक रंगहरु र रिटेन्सन छन् ।

पी ६१५ एन्ड्रोइड अपरेटिङ सिस्टमसँगै आउँछ जसअन्तर्गत भागका आधारमा फराकिलो दायराका मनोरञ्जन प्लेटफम उपलब्ध हुन्छन् । भने प्रयोगकर्ताले थप गुगल प्ले स्टोरबाट डाउनलोड गर्न सक्नेछन् ।

त्यसमा भएको क्रोमो कास्टमार्फत प्रयोगकर्ताहरुले आफ्नो कुनैपनि डिभाइसमा भएका फोटोहरु तथा भिडियोहरु टीभीमा प्रसारण गर्न सक्छन् ।

डाइनामिक कलर इन्ह्यान्समेन्टको लाभ पनि यसमा लिन सकिन्छ । अडियोको लागि डब्ली अडियो सपोर्ट विशेषताका कारण टीसीएल पी ६१५ टीभी सिरिज उपलब्ध छ ।

टीसीएल टिभी सन १९८१ मा सुरुवात गरेको पाइन्छ । आइएचएस पछिको २०१६ मा नै उत्कृष्ट टप ३ मा परेको थियो । यसले गर्दा पनि अहिले विश्व बजारमा यसको माग अत्याधिक बढेको कम्पनीले जनाउँदै आएको छ ।

टीसीएल प्यानल, मोडुलस, सेट र व्याकलाइट क्षमतामा उत्पादन भएको हो । टीसीएल ब्राण्डको अधिकारिक बिक्रेता चौधरी ग्रुप अन्तर्गत सीजी इओएल रहेको छ ।