कीवर्डहरू -

सिटिजन्स बैंकको तिहार अफर, मोबाइल बैंकिङबाट पैसा पठाउँदा १०० रुपैयाँ क्यासब्याक पाइने

सिटिजन्स बैंकको तिहार अफर, मोबाइल बैंकिङबाट पैसा पठाउँदा १०० रुपैयाँ क्यासब्याक पाइने

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ‘यो तिहार, सिटिजन्स डिजिटल कारोवारमा क्यासब्याकको बहार’ योजना सार्वजनिक गरेको छ । बैंकका ग्राहकहरुले मोबाइल बैकिङ्ग मार्फत तिहारमा पैसा पठाउँदा १०० रुपैयाँ क्यासब्याक प्राप्त गर्नेछन् ।

बैंकका मोबाइल बैकिङ्ग प्रयोगकर्ताहरुले कात्तिक २९ देखि मंसिर १ गते सम्म तिन पटक गरी २ हजार रुपैयाँ भन्दा बढी रकम मोबाइल बैकिङ्ग मार्फत रकमान्तर गरेमा सो क्यासब्याक प्राप्त गर्न सक्नेछन् । यसरी पैसा पठाउँदा विवरणमा भने ‘सिटिजन्स तिहार’ भनी खुलाउनपर्ने छ ।

तिहारमा खेलिने देउसीभैलोको दक्षिणा तथा दिदिबहिनिलाई भाईटिकाको दक्षिणा दिन सहज होस् भन्ने उद्देश्यका साथ बैंकले यो क्यासब्याक योजना सार्वजनिक गरेको हो । यसका साथै तिहारलाई लक्षित गरि बैंकले डिजिटल सहायता केन्द्रको समेत ब्यवस्था गरेको छ ।