कीवर्डहरू -

उत्तर कोरिया र रुसका ह्याकरहरुको निशानामा कोभिड भ्याक्सीन

उत्तर कोरिया र रुसका ह्याकरहरुको निशानामा कोभिड भ्याक्सीन

उत्तर कोरिया र रुसका ह्याकरहरुले कोरोना भाइरसबारे काम गरिरहेका संस्थालाई निशानामा राखेको माइक्रोसफ्टले बताएको छ । माइक्रोसफ्टका अनुसार उत्तर कोरिया तथा रुसका सरकार समर्थित ह्याकरहरुले कोभिड १९ को भ्याक्सिनलाई टार्गेट गरेका छन् ।

रसियाको ह्याकर समूह ‘फेन्सी बियर’ तथा उत्तर कोरियाको ह्याक समूह ‘जिंक’ र ‘सेरियम’ हालै भएको साइबर हमलामा संलग्न भएको पाइएको माइक्रोसफ्टले जनाएको छ ।

यसअघि बेलायतको राष्ट्रिय साइबर सुरक्षा केन्द्रले पनि रुसका ह्याकहरुले भ्याक्सिन रिसर्चलाई टार्गेट गरेको बताएको थियो । तर रुसले भने यसमा आफ्नो संलग्नता अस्वीकार गरेको थियो ।

भारत, फ्रान्स, क्यान्डा, दक्षिण कोरिया, अमेरिकाका भ्याक्सिन रिसर्चहरु पनि टार्गेटमा रहेका थिए । माइक्रोसफ्टले सात औषधि उत्पादक कम्पनीहरुको प्रवेश गर्ने प्रयास गरेको पत्ता लगाएको थियो ।

माइक्रोसफ्टका अनुसार रुसी समूहले ‘ब्रुट फोर्स’ रणनीति प्रयोग गरी अकाउन्ट लगइन गर्न लाखौं पासवर्ड प्रयोग गरेको थियो ।

एक उत्तर कोरियाको समूहले विश्व स्वास्थ्य संगठन अधिकारीहरुको रुपमा इमेल पठाएर उनीहरुको लगइन क्रेडेन्सियल हत्याउन प्रयास गरेको छ ।

त्यस्ता प्रायसहरु केही असफल भएका थिए भने केही सफल भएको माइक्रोसफ्टले चेतावनी दिएको छ । माइक्रोसफ्टले विश्वभरका सरकारहरुलाई स्वास्थ्य सेवा टार्गेट नगर्न आग्रह समेत गरेको छ ।

बिबिसीको सहयोगमा