कीवर्डहरू -

नोकियाले पुनः सार्वजनिक गर्‍यो ६३०० र ८००० मोडल ह्याण्डसेट, यस्ता छन् विशेषता

नोकियाले पुनः सार्वजनिक गर्‍यो ६३०० र ८००० मोडल ह्याण्डसेट, यस्ता छन् विशेषता

एचएमडी ग्लोबलले नोकियाको दुई ओटा फोन सेट सार्वजनिक गरेको छ । कम्पनीले नोकिया ६३०० फोरजी र नोकिया ८००० फोरजी फोन सार्वजनिक गरेको हो ।

नोकिया ६३००

यो फोन भने सानो डिस्प्ले र कीप्याडसँग आउने गर्दछ । नोकिया ८००० प्रिमियम डिजाइन सँगै आउने गर्दछ । यो तीन ओटा रङ्गमा उपलब्ध छ । यसको डिजाइन सिसाले बनाइएको जस्तो देखिन्छ ।

यसको छेऊ तिर चुच्चो कर्भ रहेको छ र कीप्याड पनि थ्री डी आकारको छ । यो फोनसेटले फोरजी सपोर्ट गर्दछ । यो हयाण्ड सेटमा २.८ इन्च एलसीडी स्क्रीन रहेको छ क्वालकम स्नयापड्रागन २१० क्वाड प्रोसेसर प्रयोग गरिएको छ ।

यसमा ५१२ एमबी र्‍याम र ४ जीबी इन्टरनल स्टोरेज रहेको छ । यसमा २ मेगापिक्सेलको क्यामेरा र १५०० एमएचको ब्याट्री राखिएको छ । यसको मूल्य ७९ युरो रहेको छ ।

नोकिया ६३००

नोकिया ६३०० ले पनि फोरजी सपोर्ट गर्छ । यो फोन तीन ओटा रङ्गमा उपलब्ध भएको छ । यो हयाण्ड सेटमा २.४ इन्चको क्यूभीजीए डिस्प्ले रहेको छ ।

नोकिया ६३०० मा क्वालकम स्नयापड्रागन २१० प्रोसेसर राखिएको छ । यसमा ५१२ एमबी र्‍याम र ४ जीबी इन्टरनल स्टोरेज रहेको छ ।

यो ह्याण्डसेटमा १५०० एमएएचको ब्याट्री राखिएको छ । साथै फोनमा काई ओएस अपरेटिङ सिस्टम प्रयोग गरिएको छ । यसको मूल्य ४९ युरो रहेको छ ।