कीवर्डहरू -

हङकङबाट अब ईसेवा वालेटमै रकम पठाउन सकिने 

हङकङबाट अब ईसेवा वालेटमै रकम पठाउन सकिने 

इसेवा मनि ट्रान्सफर र हङकङको ख्याती प्राप्त रेमिट्यान्स् कम्पनी केएमई रेमिटेन्सबीच रेमिट्यान्स् सेवा सुरु गर्ने सम्झौता भएको छ ।

यो सेवा सुरु भएपछि हङकङमा रहेका  नेपालीहरुले केएमई रेमिट्यान्सबाट नगदमा तथा कुनै पनि बैंक खातामा र इसेवावालेटमा रकम पठाउन सक्नेछन् ।

नगदमा पठाइएको रकम नेपाल भर रहेका ८,००० भन्दा धेरै इसेवामनि ट्रान्सफरका एजेन्ट तथा इसेवावालेट एप मार्फत पनि प्राप्त सकिनेछ ।

त्यसै गरी बैंक खातामा पठाएइको रकम तत्कालै सेवाग्राहीको बैंक खातामा जम्मा हुनेछ । केएमई रेमिट्यान्सले छिटै नै इसेवामनि ट्रान्सफरको सेवा आफ्नो अनलाइन मोबाइल एप मार्फत पनि सुरु गर्ने जनाइएको छ ।

रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौता पत्रमा इसेवा मनि ट्रान्सफरका तर्पmबाट प्रबन्ध निर्देशक  अजेश कोइराला र केएमई रेमिटेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोकर्ण प्रसाद ढकालले हस्ताक्षर गरे ।

इसेवामनि ट्रान्सफरले डिजिटल रेमिट्यान्सका साथै एजेन्ट बेस रेमिट्यान्स सेवामार्फत नेपालमा रकम भित्राउँदै आएको छ ।

इसेवा मनि ट्रान्सफरलाई विप्रेषणको विश्वबजारमा छुटै नाम, सेवा र प्रविधिको पूर्ण कम्पनीको रुपमा स्थापना गर्नु आफुहरुको उदेश्य रहेको इसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले बताए ।