कीवर्डहरू -

इन्स्टाग्रामले सार्वजनिक गर्‍यो रिल्स र सपिङ ट्याब

इन्स्टाग्रामले सार्वजनिक गर्‍यो रिल्स र सपिङ ट्याब

फोटो शेयरिङ एप इन्स्टाग्रामले रिल्स र सपिङ ट्याब सार्वजनिक गरेको छ । इन्स्टाग्रामले होम स्क्रीनलाई पनि धेरै परिवर्तन गर्ने भएको छ ।

यी ट्याबहरुलाई होम स्क्रीनमा हालेर प्रयोगकर्ताहरुलाई सजिलै नयाँ सामाग्री पत्ता लगाउन सक्नेछन् । यही एपबाट सामान किन्न पनि प्रयोगकर्ताहरुलाई सजिलो हुँदै जानेछ ।

रिल्स र सपिङको फिचरलाई एपले गत केही महिनादेखि प्रचार गर्दै आइरहेको छ । रिल्सले गत महिनामात्रै अडियो सेभ गर्न दिने र अडियो सेयर र ब्राउज गर्न दिने विकल्प थपेको थियो ।

‘सेभ अडियो’ फिचरले प्रयोगकर्ताहरुलाई आवाज सेभ गरेर जे मनलाग्यो त्यही बनाउन दिने अप्सन पनि दिने गर्दछ ।सेयर अडियो फिचरले डाईरेक्ट मेसेज गर्ने सुविधा दिन्छ र ब्राउज अडियो द्वारा ट्रेन्डिङ्मा केके छ भनेर पनि हेर्न सकिन्छ ।