कीवर्डहरू -

म्यासेञ्जर र इन्स्टाग्राममा आयो ‘भ्यानिस मोड’, पठाएका म्यासेज अब आफै डिलिट हुने

म्यासेञ्जर र इन्स्टाग्राममा आयो ‘भ्यानिस मोड’, पठाएका म्यासेज अब आफै डिलिट हुने

फेसबुकले म्यासेञ्जर र इन्स्टाग्राममा भ्यानिस मोड फिचर सार्वजनिक गरेको छ । यो फिचरले गर्दा कुनै टेक्स्ट म्यासेज वा मिडिया प्रयोगकर्ताले हेरेर च्याट छोड्ने बित्तिकै गायब हुन्छन् ।

गत हप्ता मात्रै फेसबुकले ह्वाट्सएपमा डिसअपेयरिङ फिचर ल्याएको थियो जसले गर्दा मेसेजहरु सात दिनमा हराउने गर्छन् । यही फिचर कै अनुरुप फेसबुकले मेसेन्जर र इन्सटाग्राममा पनि ‘भ्यानिस मोड’ ल्याएको हो ।

अहिले केही निश्चित स्थानमा मात्रै यो फिचर उपलब्ध भएको छ । चाँडै नै सबै प्रयोगकर्तालाई यो फिचर उपलब्ध हुनेछ ।

यो फिचर सुचारु गर्न प्रयोगकर्ताहरुले च्याटमा गएर माथि स्वाइप गर्नुपर्छ । त्यस पछि त्यहाँ लोड भएर घुमिरहेको जस्तो देखाउँछ र इन्टरफेस अँध्यारो जस्तो हुन्छ जसले गर्दा यो फिचर सुचारु भएको सूनिश्चित हुन्छ ।

त्यस्तै यो फिचर हटाउनु परेमा फेरि माथि नै स्वाइप गर्नुपर्ने हुन्छ । भ्यानिस मोडमा रहेको बेला कसैले स्क्रीनसट लिएको पनि नोटिफिकेसन आउँछ ।