कीवर्डहरू -

ईसेवाबाट १ हजार रुपैयाँ सम्मको बैंक ट्रान्सफर गर्दा शूल्क नलाग्ने

ईसेवाबाट १ हजार रुपैयाँ सम्मको बैंक ट्रान्सफर गर्दा शूल्क नलाग्ने

डिजिटल वालेट ईसेवाबाट जुनसुकै बैंक खातामा १ हजारसम्मको बैंक ट्रान्सफर निःशूल्क गर्न सकिने भएको छ । यो सेवा ग्राहकहरुले दिनको १० पटक र महिनाको ५० पटकसम्म उपयोग गर्न सक्ने छन् ।

त्यस्तै ईसेवाबाट १० हजारसम्मको बैंक ट्रान्सफर (बैंक वीथड्र) गर्दा २० रुपैयाँ शूल्क लाग्ने छ । त्यस्तै २० हजारसम्मको बैंक ट्रान्सफर गर्दा ३० रुपैयाँ शूल्क लाग्ने छ ।

यसैगरी ३० हजार रुपैयाँसम्मको बैंक ट्रान्सफर गर्दा ४० रुपैयाँ शूल्क लाग्ने छ । भने ४० हजार रुपैयाँसम्मको बैंक ट्रान्सफर गर्दा ५० रुपैयाँ शूल्क लाग्ने छ ।

यस्तै ५० हजार रुपैयाँसम्म बैंक ट्रान्सफर गर्दा ६० रुपैयाँ शूल्क र एकलाख रुपैयाँसम्म बैंक ट्रान्सफर गर्दा ७५ रुपैयाँ शूल्क लाग्ने छ ।

\"\"

फोटोः ईसेवा

प्रयोगकर्ताले आफ्नो ईसेवा अकाउन्टमा एउटा व्यक्तिगत बैंक अकाउन्ट सेभ्ड अकाउन्ट वा फ्री अकाउन्टको रुपमा एड गर्न सक्नेछन् । जहाँ प्रयोगकर्ताले निशूल्क विथड्रको सुविधा पाउने छन् ।

प्रयोगकर्ताले ५ हजार रुपैयाँसम्मको अथवा महिनाको तीनपटक निशूल्क विथड्रको सुविधा पाउने छन् । ५ हजार भन्दा माथिको विथड्रमा भने बैंक ट्रान्सफर गर्दा लाग्ने शूल्क लाग्ने छ ।