कीवर्डहरू -

आफ्नो कम्प्युटरबाट यसरी हटाउनुहोस् मालवेयर

आफ्नो कम्प्युटरबाट यसरी हटाउनुहोस् मालवेयर

कहिलेकाँही हाम्रो कम्प्यूटरमा जानीनजानी म्यालवेयर आएको हुन सक्छ । यसले ल्याप्टप र कम्प्यूटरको प्रस्तुतीमा पनि फरक पार्ने गर्दछ ।

एन्टीभाइरस राख्यो भने धेरै जस्तो समस्याको समाधान हुने गर्दछ तर कहिलेकाँही एकदमै राम्रो एन्टीभाइरसले पनि म्यालवेयरलाई नरोकिरहेको हुन सक्छ ।

त्यही कारण आज हामीले तपाईलाई आफ्नो कम्प्युटरबाट मालवेयर कसरी हटाउने भने जानकारी दिदैंछौं ।

एन्टीभाइरसलाई अपडेट गरिरहने

एन्टीभाइरसलाई अपडेट गरेर चलायो भने त्यसले अझै राम्रो काम गर्ने गर्दछ । अपडेट गरिएको सफ्टवेयरलाई म्यालवेयर पहिचान गर्न सजिलो हन्छ ।

एक दिनले पनि पुरानो भएको एन्टीभाइरसले म्यालवेयर आउने सम्भावना बढाइदिन्छ । क्यास्पर स्काई सेक्युरीटी क्लाउड फ्री जस्तो एन्टीभाइरस प्रयोग गर्दा राम्रो हुन्छ ।

साथै स्क्यानको लागि मालवेयर बाइट्स तथा नोर्टन पावर इरेजर सफ्टवेयर प्रयोग गर्न सकिने छ ।

रिभर्ट, रिबुट, स्क्यान र रिस्क्यान गर्ने

म्यालवेयरले असर पारिसक्यो भने प्रयोगकर्ताहरुले सिस्टमलाई रिसेट गरे भने नै राम्रो हुन सक्छ । यदी तपाई विन्डोज टेन प्रयोगकर्ता हुनु हुन्छ भने त्यसमा ब्युल्ट इन माइक्रोसफ्ट डिफेन्डर आउछ ।

जसको लागी पहिले सेटिङ्गमा गएर अपडेट एण्ड सेक्यूरीटीमा जाने र त्यसपछि विन्डोज सेक्यूरीटीमा जाने तथा भाइरस र थ्रेट प्रोटेक्सनमा जाने ।

एकपटक विन्डोज डिफेन्डर एक्टीभेट भएपछि बेलाबेलामा स्क्यान गर्ने पनि गर्नुपर्ने हुन्छ । त्यही पनि म्यालवेयर नगएको जस्तो लाग्यो भने रिस्क्यान गर्नुपर्ने हुन्छ ।

न्यूक्लिअर विकल्प

नोर्टन पावर ईरेजर जस्ता न्यूक्लीअर विकल्प प्रयोग गर्न सबै प्रयोगकर्तालाई डर लाग्ने गर्दछ किनभने यसले म्यालवेयर मात्रै नहटाएर हाम्रो डिभाइसलाई पनि क्षति पुर्‍याउन सक्छ ।

यो कुराको जानकारी त्यो एपले सुरुमै दिने गर्दछ । तर पुरै वीन्डोज १० फ्याक्ट्री रिसेट गर्नुभन्दा एक दुई ओटा प्रोग्रामकै क्षति हुनु ठीक हुन्छ । यसरी डिभाइस अझै सुरक्षित हुन्छ ।