कीवर्डहरू -

कोरोना संक्रमणबाट वर्ल्डलिंकका सिस्टम इन्जिनियर नविन लिम्बुको निधन

कोरोना संक्रमणबाट वर्ल्डलिंकका सिस्टम इन्जिनियर नविन लिम्बुको निधन

कोरोनाभाइरस संक्रमणबाट नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्सका सिस्टम इन्जिनियर नविन लिम्बुको निधन भएको छ ।

टेकु अस्पतालमा उपचारको क्रममा ४५ वर्षिय नविन लिम्बुको लक्ष्मी पुजाको दिन निधन भएको हो । उनलाई कोरोना भाइरसको उपचारमा प्रयोग गरिने रेम्डिसेभिर दिइएको थियो भने प्लाज्मा थेरापी समेत गरिएको बताइएको छ ।

धरानमा ससुराको काजक्रियामा सहभागी भएको बेला उनलाई कोरोना संक्रमण भएपछि दशैंको टिकाको दिन अस्पताल भर्ना गरिएको थियो ।

उनले काठमाडौं विश्वविद्यालयबाट इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स तथा कम्युनिकेसन्स इन्जिनियरिङ्ग विषयमा ब्याचलर गरेका थिए ।